स्याङ्जा : विद्यालय बन्द, विद्यार्थी रेडियो स्कूलमा
स्याङ्जा :
देशभरि बन्दाबन्दी चलिरहेकै छ । साँझको ५ बज्न लागेपछि पुतलीबजार नगरपालिका ११ की रोजनी केसी र उनकै दिदी रोशनी केसीको ध्यान रेडियो स्याङ्जा तर्फ मोडिन्छ । दिनभर विभिन्न पुस्तकमा पढेका कथा, कविता, गीत, निबन्धहरू मध्येबाट आजको रेडियो स्कूल कार्यक्रमा के सुनाउने भनी उनीहरू छनौट गरेर अभ्यास गरी तम्तयार भएर बस्छन् । रेडियो स्कूल कार्यक्रमा फोन लाइन खुला हुनासाथ उनीहरू फोन लगाउन लगातार कोसिस गर्छन्, फोनमा आफ्ना सामग्री सुनाएरै छोड्छन् ।
रोजनी र रोशनीकी आमा रुमा केसी स्कूल बन्द भएका बेला पनि छोरीहरूको पढाइ, क्रियाशिलता देखेर दंग हुँदै सामग्री जुटाउन सहयोग गर्नुहुन्छ । वीरेन्द्र मावि, कालीगण्डकीमा कक्षा ४ मा अध्ययन गर्ने महिमा राना कहिले एक्लै त कहिले आमा शुष्मा रानासँगै कथा, कविता, संवाद, गाउँखाने कथा सुनाइरहन्छिन् । हिजोआज स्याङ्जाका धेरै बालबालिकाको दैनिकी रोजनी, रोशनी र महिमाको जसरी नै बदलिएको छ । घरमै बसेर रेडियोमा सुनेका सामाग्रीले आफूलाई प्रेरणा मिलेको र क्रियाशील बनाएको भाग्योदय मावि भीरकोट नगरपालिकाका कक्षा १० मा अध्ययनरत सशांक खनालको अनुभव छ ।
.
कार्यक्रममा स्याङ्जाका विद्यार्थीहरु मात्र हैन, अन्य जिल्ला र विदेशबाट पनि सहभागी भई सामाग्री सुनाउने गरेका छन् । अष्ट्रेलियाबाट सहभागी भएकी १० वर्षीय आर्या अधिकारी क्षेत्रीले विदेशमा रहेर पनि गाउँघरमा आफू सुनिन पाउँदा खुशी भएको कुरा सुनाइन् । शिक्षाविद्, समाजसेवी, पर्यटनविद् लगायत सामाजिक जीवनका विभिन्न क्षेत्रका व्यक्तिहरूले अनुभवहरू लेख्न, पढ्न, दैनिकी लेख्न, समयको सदुपयोग गर्न बालबालिकालाई दिइएको सुझाबले पनि कार्यक्रममा रस थपेको छ ।
बालबालिकाको सिकाइलाई मद्दत गर्न कार्यक्रममा अभिभावक, शिक्षक, साक्षरताकर्मीले विभिन्न स्तम्भहरू; शब्दभण्डार, गाउँखाने कथा, सामान्य ज्ञान, कथा, कविता र सामाग्रीहरु निर्माण गरी पठाउनु हुन्छ र सोही सामग्रीहरू रेडियोबाट प्रसारण हुने गर्दछ । कार्यक्रमकै दौरान बालबालिकाहरूले रेडियो स्टेशनमा प्रत्यक्ष फोन गरेर आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दछन् । फरक फरक सामग्री र विविधतापूर्ण प्रस्तुतीले रेडियो कार्यव्रmम पूmलबारीजस्तै भएको र त्यसै कारण बाबुनानीहरू आकर्षित भएको अभिभावक मिरा मल्ल सुनाउनु हुन्छ ।
बन्दाबन्दीको अवस्थामा विद्यालय र विद्यार्थीविच सम्पर्क नभएको समयमा विद्यार्थीको नियमित सिकाइमा रेडियो स्कूल कार्यक्रम सहयोगी भएको सरस्वती मावि, वालिङका प्रधानाध्यापक यामबहादुर कँुवरको धारणा छ । उहाँ थप्नुहुन्छ, “कार्यक्रमले अभिभावक र बालबालिकाबिचमा सिकाइ साझेदारी गर्न पनि सिकाएको छ ।”
.
रेडियो स्कुलले अभिभावकलाई पनि आफ्ना नानीबाबुहरुलाई कसरी पठनपाठनमा सहयोग गर्ने भन्ने उपायहरू जानकारी दिएको राष्ट्रिय मावि, वालिङकी अभिभावक लुकमाया लामा बताउनुहुन्छ । जस्तोसुकै परिस्थितिमा पनि बालबालिकाहरू पढ्ने र सिक्ने वातावरणबाट बन्चित हुनु हँुदैन । यो बालअधिकारको कुरा पनि हो । यही मान्यतालाई आत्मसाथ गर्दै साझेदार संस्थाहरु रुम टू रिड, पढ्नको लागि कोठा, सूर्योदय क्लब र सामुदायिक रेडियो स्याङ्जाको सहकार्यमा रेडियो स्कूल कार्यक्रम दैनिक प्रसारण भइरहेको छ ।
देशमा लकडाउन शुरु भएसँगै हामीले बालबालिकाको पढाइको निरन्तरताको लागि तत्काल वैकल्पिक उपाय रेडियो नै पहुँचको माध्यम भएकाले रेडियो स्याङ्जासँग मिलेर रेडियो स्कूल कार्यक्रम शुरु गरेको पढ्नको लागि कोठा, फिल्ड अफिस तनँहुका बरिष्ठ कार्यक्रम व्यवस्थापक खड्गबहादुर वुmँवरले बताउनुभयो । “यस कार्यक्रमले छिटै नै विद्यार्थी, शिक्षक, अभिभावक एवं सरोकारवालाहरुको मन जित्न सफल भयो” उहाँले अब छिटै जिल्लाका अन्य रेडियोबाट पनि प्रसारण गर्ने योजना रहेको बताउँनुभयो ।
बन्दाबन्दी लगत्तै सामुदायिक रेडियो स्याङ्जाबाट बैशाख ४ गतेदेखि शुरु भएको रेडियो स्कूल कार्यक्रम हालसम्म ४४ श्रृंखला प्रशारण भइसकेको रेडियो स्याङ्जाका स्टेशन म्यानेजर रमेश गोदारले बताउनु भयो । उहाँले भन्नुभयो, हामीले बिद्यार्थीलाई प्रत्यक्ष सहभागी गराउदै आएका छौं ।
रेडियोलाई धेरैले मनोरञ्जनको साधन मान्छन् तर यो मनोरञ्जनकोे साधन मात्र होइन रहेछ । यो त विपत्तिमा सघाउने साथी पो बन्न थाल्यो । बन्दाबन्दीका कारण स्कूल जान नपाएका बालबालिकाका लागि त यो बैकल्पिक स्कूल पनि बन्न सक्दो रहेछ !
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …