गएराती मृत्यु भएका संक्रमित स्याङ्जाका पुरुषको कुनै ट्राभल हिस्ट्री छैन, उनी व्यापारी थिए ।

Syangja_district


स्याङ्जा :
कोरोनाबाट मृत्यु भएका स्याङ्जा सिरुवारीका पुरुषको कुनै ट्राभल हिस्ट्री नभएको खुलेको छ । आँधीखोला गाउँपालिकाको पञ्चमुलमा किराना पसल गर्दै आएका उनको स्थायी घर भने अर्जुनचौपारी रहेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
बुधबार मध्यराति मृत्यु भएका पुरुष ६ असारमा श्वासप्रश्वासमा समस्या भएपछि भोलिपल्ट स्थानीय पञ्चमुल स्वास्थ्य केन्द्र पुगेका थिए त्यस लगत्तै उनलाई ८ गते उपचारका लागि पोखरा लगिएको थियो ।
उहाँको कुनै ट्राभल हिस्ट्री रहेको नपाईएको भन्दै स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले व्यवसाय गर्ने भएकाले त्यहीँ आउनेबाट स¥यो कि भन्ने अनुमान गरेको बताउनु भयो । कार्यालयले उनको सम्पर्कमा आएकाहरुको बिबरण संकलन गरिरहेको जनाएको छ ।
उनको पोखरा मै स्वाब लिँदा पोजेटिभ देखिएको हो । संक्रमित पुरुष कोरोना पुष्टि भएदेखि भेन्टिलेटरमा रहेकाले उनको टे«सिङमा समस्या भएको स्वास्थ्य प्रमुख शर्माले बताउनु भयो ।
परिवार र आफन्तको तत्कालै स्वाब लिइने उहाँले जानकारी दिनुभयो । आफन्तका अनुशार मृतक भोज तथा श्राद्धमा समेत सहभागी भएको पाईएको शर्माले बताउनु भयो ।
डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा लगी भेन्टिलेटरमा राखिएको थियो । योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि स्याङ्जा वालिङ ३ का ५८ वर्षका पुरुषको २५ जेठमा क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ । आज बिहान ४ जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ सय ५३ पुगेको हो । संक्रमितमध्ये ९१ जना निको भएर घर फर्किएका छन ।

Facebook Comments Box
TOP