सुशान्त मृत्यु प्रकरण : सलमान खान सहित ८ जनाविरूद्ध मुद्दा दायर
सुशान्तसिंह राजपूतको आत्महत्यापछि बलिउडका चर्चित अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध फौजदारी मुद्दा परेको छ ।
सुशान्तलाई मर्न बाध्य बनाएको आरेपमा वकिल सुधिर कुमार ओझाले बिहार उनीहरुविरुद्ध मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । सो मुद्दाको सुनुवाई आगामी जुलाई ३ मा गरिने भएको छ । मुद्दा लागेका यी आठ व्यक्तिले सुशान्तलाई मानसिक तनाव दिएको मुद्दामा उल्लेख छ।
वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका छन् । यसका साथै साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन् ।
अभिनेता सुशान्तले यही आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए।
नेपाल समाचार पत्रमा समाचार छ ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


