नेपाल मै दोस्रो पटक स्याङ्जामा भेटियाे ‘सानो सुँगुरे भालु’

आईयूसीएनको रेड लिस्टमा तथ्यांक उपलब्ध नभएको(डाटा डिफिसेन्ट) सूचीमा सूचीकृत ‘सानो सुँगुरे भालु’ नेपालमा दोस्रो पटक भेटिएको छ । लमजुङमा डेढ वर्षअघि भेटिएको यो प्रजातिको जीव आइतबार स्याङ्जाको वालिङ नगरपालिकामा भेटिएको हो ।
वालिङ नगरपालिका-११ तल्लो पेखुमा यो जीवलाई स्थानीयले बस्ती नजिकै फेला पारेका हुन् । डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले यो प्रजातिको जीवबारे नेपालमा पर्याप्त तथ्यांङ र अनुसन्धान नभएको बताए । पेखु सामुदायिक वन नजिकै ११ सय मिटरको उचाइमा स्थानीयले मकै खन्ने क्रममा यो यसलाई आइतबार बिहान समातेका थिए ।
यो जीवलाई भेटेपछि घरमा ल्याएर स्थानीय सुरेश अर्यालले वन कार्यालयलाई खबर गरेका थिए । चिलाउने र कटुसका रुखहरु पाइने पेखु सामुदायिक वन क्षेत्र नजिकै भेटिएको यो जीव नेपालमा पाइने जीवहरुको सूचीमा रहेपनि तथ्यांक भने थिएन ।
सुँगुरको जस्तो थुतुनो र भालुको जस्तै नंग्रा र शरीरमा भाालुको जस्तै रौं हुने यो जीव सानो भएकै कारण जीव विज्ञ एवं प्राध्यापक करनबहादुर शाहले ‘सानो सुँगुरे भालु’ नाम राखिदिएका थिए । स्थानीय नाम केही पनि नभएको र हेर्दा सुँगुर र भालुको ‘क्रस’ जस्तो देखिने भएकाले यसको हुलियाको आधारमा नाम राखिएको शाहले कान्तिपुरलाई बताए ।
नेपालमा ‘सुँगुरे भालु’ पाइने बताइएपनि हालसम्म भेटिएको छैन । सुँगेरे भालुको शरीर ठूलो अनि रौं र नंग्रा पनि लामा हुन्छन् ।
रातको समयमा सक्रिय हुने सानो सुँगुरे भालु निशाचर जीव हो । यसको तौल १ देखि ३ केजीसम्म हुन्छ । वन्यजन्तुविद् शाहका अनुसार आफैं दुलो खनेर वा अन्यले बनाएको दुलोमा यो जीव बस्छ । स-सना मुसा तथा किरा फट्यांग्रा समेत खाने यो जीवले फलफूल पनि खान्छ । नेपालमा यो जीव तराईदेखि मध्यपहाडी क्षेत्रसम्म पाइने बताइपनि यो जीवको हातको पञ्जा र नांग्रा केही ठूलो हुने भएकाले रुख चढ्नमा निपुण हुन्छ ।

नेपालमा पहिला रकेर्ड गरिएका तर पछि नभेटिएका ‘सानो सुँगुरे भालु’ जस्ता अन्य जीवहरुको अध्ययन तथा अनुसन्धान एकदमै कम छन् । नेपालमा दोस्रो पटक भेटिएको यो जीवले यसअघि नेपालमा रकर्ड भएर पनि तथ्यांकमा नरहेका अन्य जीवहरुको खोज तथा अनुसन्धानमा सघाउ पुर्याउने अनुसन्धानकर्मीहरुले बताएका छन् ।
गर्भाधरण क्षमता अत्यन्तै कम भएकाले पनि यो जीव दुर्लभ रहेको प्राध्यापक शाहले बताए । नेपाल बाहेक भारत,चीन,म्यानमार,थाइलेन्डमा पनि सानो सुँगुरे भालु भेटिएको शाहले जानकारी दिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सरंक्षण विभागका प्रवक्ता विष्णु श्रेष्ठले भेटिएका यस्ता जीवहरुको अनुसन्धानका लागि विभागले पनि सहयोग गर्ने र अभिलेखीकरणमा महत्वपूर्ण भूमिका हुने बताए । उनले भने,’नेपालमा लिस्टिङमा भएका तर तथ्याङमा नभेटिएका यस्ता प्रजातीहरुको अभिलेखीकरण गर्ने,तीनको अवस्था र बासस्थानबारे काम गर्न विभागले योजना पनि बनाएको छ। ‘
वालिङमा भेटिएको यो जीवालई स्थानीयले ७ घन्टासम्म राखेर वन कार्यालयका कर्मचारीले सुरक्षित स्थलतर्फ छाडेको डिभिजन वन कार्यालय स्याङ्जाले जनाएको छ ।
लकडाउन अवधिमा स्याङ्जमा एउटा चरी बाघ,चितुवा डमरु,पोथी चितुवा, चरी बाघ जस्तो देखिने दुई वटा जीव उद्धार गरिएको कार्यालय काफ्लेले जानकारी दिए । जिल्लामा लकडाउनका कारण चोरी तस्करीका घटनाहरु नभएको उनले सुनाए । साभार- ईकान्तीपर डटकमबाट
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…