कोरोनाबाट मृत्यु भएका स्याङ्जाका पुरुषको शव व्यवस्थापनमा स्थानियकाे बिराेध, ८ राउण्ड हवाई फायर
पोखरामा मृत्यु भएका स्याङ्जाका ५५ वर्षे कोरोना संक्रमित पुरुषको शव व्यवस्थापन गरिएको छ । स्थानीयको विरोधका बीच पोखरा–३२ मा व्यवस्थापन गरिएको पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए ।
डोजरले खाडल खन्न लागेको मेसो पाएपछि स्थानीयले विरोध गरेका थिए । प्रहरी र स्थानीय युवाबीच झडप पनि भएको पोखरा–३२ का एक जनप्रतिनिधिले बताए ।
स्थानीय युवा तोडफोड र ढुंगामुढा गर्न उत्रिएपछि प्रहरीले हवाइ फायर गरेका थियो । ८ राउण्ड हवाई फायर भएको कास्की प्रहरीका प्रवक्त डिएसपी सुवास हमालले जानकारी दिए । प्रहरीले ८ स्थानीयलाई नियन्त्रणमा लिएको छ ।
उपचारका लागि गत ८ असारमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको बुधबार मध्यराती मृत्यु भएको हो ।
डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो । योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि स्याङ्जा वालिङ ३ का ५८ वर्षका पुरुषको २५ जेठमा क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।
पहिलो मृतकको शव व्यवस्थापन गर्दा पनि पोखरामा प्रहरी र स्थानीय बीच झडप भएको थियो । प्रदेश सांसद, वडाका जनप्रतिनिधि र स्थानीय विरोधमा उत्रिएपछि त्यतिबेला प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको थियो । समाधान न्युज,तस्वीर सामाजिक सञ्जाल
गएराती मृत्यु भएका संक्रमित स्याङ्जाका पुरुषको कुनै ट्राभल हिस्ट्री छैन, उनी व्यापारी थिए ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


