स्याङ्जा : आइसोलेसनका २ जनालाई पोखरा पठाइयो
भवानी अधिकारी/स्याङ्जा : भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा रहेका २ जनालाई बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ। वालिङ नगरपालिका-१३ का ३२ वर्षीय एक पुरुष र उनका ५४ वर्षीय बुवा पोखरा गएको अस्पतालका प्रशासकिय अधिकृत छायादत्त रेग्मीले बताउनु भयाे ।
श्वास प्रश्वासमा केही समस्या भएको छोराले जनाएपछि उनलाई पोखरा पठाइएको डा. सुशिल मरासीनीले जानकारी दिनुभयाे। छोरा जाने भएपछि बुवा पनिसँगै गएको बताइएको छ। बिगत एक सातादेखि सोही अस्पतालको आइसोलेसनमा रहेका ती पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
कालिका अस्पतालको आइसोलेसनमा अहिले १ महिलासहित २८ जना उपचाररत छन्। जिल्लामा ३८ जना संक्रमित मध्ये एक जनाको मृत्यु भएको छ भने ३ जना कोरोना जितेर घर फर्केका छन्। बाँकी ३ जना जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


