स्याङ्जा : आइसोलेसनका २ जनालाई पोखरा पठाइयो

भवानी अधिकारी/स्याङ्जा : भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा रहेका २ जनालाई बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ। वालिङ नगरपालिका-१३ का ३२ वर्षीय एक पुरुष र उनका ५४ वर्षीय बुवा पोखरा गएको अस्पतालका प्रशासकिय अधिकृत छायादत्त रेग्मीले बताउनु भयाे ।
श्वास प्रश्वासमा केही समस्या भएको छोराले जनाएपछि उनलाई पोखरा पठाइएको डा. सुशिल मरासीनीले जानकारी दिनुभयाे। छोरा जाने भएपछि बुवा पनिसँगै गएको बताइएको छ। बिगत एक सातादेखि सोही अस्पतालको आइसोलेसनमा रहेका ती पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
कालिका अस्पतालको आइसोलेसनमा अहिले १ महिलासहित २८ जना उपचाररत छन्। जिल्लामा ३८ जना संक्रमित मध्ये एक जनाको मृत्यु भएको छ भने ३ जना कोरोना जितेर घर फर्केका छन्। बाँकी ३ जना जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छन्।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…