हिमानी शाह छोरीहरुसँग नाचेको टिकटक भिडियो चर्चित

 ३० जेष्ठ २०७७, शुक्रबार २०:५८   | आँधीखोला समाचार डेस्क

हिमानी शाह छोरीहरुसँग नाचेको टिकटक भिडियो चर्चित

काठमाडौं-पूर्व युवराज्ञी हिमानी शाह र उनकी छोरी पूर्णिका र कृतिका शाहको टिकटक भिडियो भाइरल भइरहेको छ ।

लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छ । उनीहरुको  ‘यो मन त मेरो नेपाली हो’ भन्ने गीतमा नाचेको भिडियो धेरैले हेरेका छन् ।

जस्तोसुकै असहज परिस्थितीमा पनि हँसिलो मुहारकासाथ देखापर्ने हिमानी भिडियोमा पनि छोरी पुर्णिकाको साथमा खुसी देखिन्छिन् ।

पूर्णिकाले तयार पारेको टिकटक भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको हो ।

अर्की छोरी कृतिकाको टिकटक भिडियोलाई पारस शाहले आफ्नो फेसबुक पेजमा शेयर गरेका छन् ।

शुभेच्छुकहरुले सामाजिक संजालमा हिमानीलाई छोरीहरुसँग दिदीबहिनी झैं देखिएको समेत बताएका छन्। धेरै शुभेच्छुकहरुले उनीहरुलाई फलो गरिरहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: ३० जेष्ठ २०७७, शुक्रबार २०:५८





-->