स्वास्थ्य मन्त्रालयले भन्याे : संक्रमितलाई परीक्षण नगरी घर पठाउ !
कोरोना संक्रमण भई अस्पताल भर्ना भएका संक्रमितहरूलाई परीक्षण नगरी डिस्चार्ज गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका कोभिड अस्पताललाई निर्देशन दिएको छ।
लक्षण भएका संक्रमितलाई लक्षण देखिन छोडेको ३ दिनभित्र र लक्षण नभएकालाई भर्ना भएको १४ दिनभित्र परीक्षण नगरी डिस्जार्च गर्न मन्त्रालयले निर्देशन दिँदै पत्राचार गरेको हो।
सबै कोभिड अस्पताललाई जेठ २० गते जारी भएको‘नेसनल टेस्टिङ गाइनलाइड फर कोभिड १९’ अनुसार पोजेटिभ केसलाई लक्षण देखिन छोडेको ३ दिन र जम्मा १४ दिनको भर्नालाई आइसेलेन पछि टेस्ट नगरी डिस्चार्ज गर्न स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा गुणराज लोहनीले परिपत्र गरेका छन्।

हालसम्म संक्रमित भई अस्पताल भर्ना भएका सबैको पिसिआर परीक्षण गरी नेगेटिभ आएपछि मात्र डिस्चार्ज हुँदै आएका छन्।
जनस्वास्थ्य विज्ञहरुले भने मन्त्रालयको यस्तो परिपत्रप्रति आश्चर्य व्यक्त गर्दै परीक्षण नगरी डिस्चार्ज गर्दा समुदायमा कोरोना संक्रमण फैलन सक्ने भन्दै चिन्ता व्यक्ता गरेका छन्। (समाधानन्युज डटकमबाट)
यो पनि पढ्नु होस् :
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


