स्याङ्जाका १४ सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुग्यो ।

स्याङ्जा :
गण्डकी प्रदेशमा ३८ जना कोरोना सङ्क्रमित थपिएका छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा ३८ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ थपएिकामा स्याङ्जाको वालिङ नगरपालिका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका १३ जना र भीरकोट नगरपालिका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका १ जना छन ।
सङ्क्रमण पुष्टि हुनेहरुमा वालिङका २९,४९,३४,५२,३८,३१,२५,२७,४६,३७,२१,१८ र ३२ बर्षका पुरुष रहेकाछन् भने भीरकोट नगरपालिकाका ४५ बर्षका पुरुष रहेकाछन् । यो सँगै स्याङ्जामा संक्रमितको संख्या ३७ पुगेको छ । उनीहरु सबै भारतबाट आएका हुन् ।
यसैगरी बाग्लुङमा आज १० थपिएकाछन् । बडिगाड गाउँपालिकाका २५,३२,२५,५२,४२,२२,२१,२९,१६ र १ जना उमेर नहुलेका पुरुष रहेकाछन् भने ढोरपाटन नगरपालिकाका १ जना २६ बर्षका पुरुष रहेकाछन् ।
त्यस्तै गोरखामा पनि १० जना थपिएकाछन् । गण्डकी नगरपालिकाका ९ जना र पालुङटार नगरपालिकाका १ जना रहेकाछन् ।
गण्डकी नगरपालिकाका संक्रमितहरुमा २५,३२,२०,४३,३०,२०,२१,२१ र २३ बर्षका पुरुष रहेकाछन् । त्यस्तै पालुङटारका १७ बर्षका पुरुष रहेकाछन् ।
त्यस्तै नवलपरासी सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाका २०,३०,३५ र ४५ वर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो ।
सङ्क्रमित सबै जनालाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
योसहित गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ११३ पुगेको छ । ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन ।
यो पनि पढ्नुहोस् :
स्याङ्जामा आज पनि थपिए १४ जना संक्रमित, स्याङ्जामा मात्रै ३७ पुग्यो ।
.

समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…