स्याङ्जाका १४ सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुग्यो ।
स्याङ्जा :
गण्डकी प्रदेशमा ३८ जना कोरोना सङ्क्रमित थपिएका छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा ३८ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ थपएिकामा स्याङ्जाको वालिङ नगरपालिका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका १३ जना र भीरकोट नगरपालिका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका १ जना छन ।
सङ्क्रमण पुष्टि हुनेहरुमा वालिङका २९,४९,३४,५२,३८,३१,२५,२७,४६,३७,२१,१८ र ३२ बर्षका पुरुष रहेकाछन् भने भीरकोट नगरपालिकाका ४५ बर्षका पुरुष रहेकाछन् । यो सँगै स्याङ्जामा संक्रमितको संख्या ३७ पुगेको छ । उनीहरु सबै भारतबाट आएका हुन् ।
यसैगरी बाग्लुङमा आज १० थपिएकाछन् । बडिगाड गाउँपालिकाका २५,३२,२५,५२,४२,२२,२१,२९,१६ र १ जना उमेर नहुलेका पुरुष रहेकाछन् भने ढोरपाटन नगरपालिकाका १ जना २६ बर्षका पुरुष रहेकाछन् ।
त्यस्तै गोरखामा पनि १० जना थपिएकाछन् । गण्डकी नगरपालिकाका ९ जना र पालुङटार नगरपालिकाका १ जना रहेकाछन् ।
गण्डकी नगरपालिकाका संक्रमितहरुमा २५,३२,२०,४३,३०,२०,२१,२१ र २३ बर्षका पुरुष रहेकाछन् । त्यस्तै पालुङटारका १७ बर्षका पुरुष रहेकाछन् ।
त्यस्तै नवलपरासी सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाका २०,३०,३५ र ४५ वर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो ।
सङ्क्रमित सबै जनालाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
योसहित गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ११३ पुगेको छ । ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन ।
यो पनि पढ्नुहोस् :
स्याङ्जामा आज पनि थपिए १४ जना संक्रमित, स्याङ्जामा मात्रै ३७ पुग्यो ।
.

समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


