गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुग्यो

पाेखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ । थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुगेको हो । तनहुँको ऋषिङ गाउँपालिका घर भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको हो ।
३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयाे ।
उनीहरुलाई तनहुँ कै अस्पतालमा आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको उहाँले बताउनु भयाे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण देखिएको हो ।
यसैबीच स्याङजामा संक्रमितको संख्या १३ रहेकाे छ ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…