स्याङजा सहितका ४ जिल्लामा थपिए ११ जना संक्रमित, संक्रमितको संख्या ७५३ ।
स्याङ्जा :
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । ११ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकीका ४ जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । म्याग्दीका ६ जना, बाग्लुङका २ जना,नवलपरासी सुस्ता पूर्बका २ जना र स्याङजाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । स्याङजाको कालिगण्डकीमा २३ बर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो ।
नवलपरासीका संक्रमितलाई आईसोलेशनमा राखिसकिएको र अन्यलाई आईसोलेशनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित ७५३ मध्ये ९१ जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


