स्याङ्जामा १ सहित गण्डकी प्रदेशमा थपिए एकै पटक १६ जना संक्रमित।
स्याङ्जा :
स्याङ्जामा १ जना कोरोना संक्रमित थपिएकाछन् । स्याङ्जाको कालिगण्डकी गाउँपालिका घर भई गाउँपालिका कै क्वारेन्टीनमा बस्दै आएका १८ वर्षका पुरुषमा कोरोना संक्रमण भेटिएको हो । उनी भारतबाट आएकाहुन् । यो संगै स्याङजामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।
यस अघि वालिङ कै ५ जना, गल्याङका २ जना, चापाकोट ४ जना र बिरुवाका १ जनामा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुको उपचार भईरहेको छ । वालिङका ४ जना र गल्याङका १ जनाको जिल्ला अस्पताल स्याङ्जाको आईसोलेसनमा राखिएको छ भने वालिङ की १ जना महिलाको पोखरामा राखिएको छ । त्यस्तै चापाकोटका ४ जना र बिरुवाका १ जनाको कालिका सामुदायीक अस्पतालमा राखिएको छ ।
यसैबीच प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार गण्डकी प्रदेशमा आज एकै पटक १६ जना थपिएकाछन् । बाग्लुङमा एकै पटक १० जना संक्रमित थपिएकाछन् । निसीखोला गाउँपालिकाका ३३ बर्षकी महिला, र २२ र २९ का पुरूष, बडिगाड गाउँपालिकाका १६,२०,२१ र २५ बर्षका पुरुष तथा गल्कोट नगरपालिकाका २०, २२ र २३ कर्षका पुरुष रहेकाछन् ।
यसैगरी म्याग्दीको मंगला गाउँपालिकाका १९ बर्षका पुरुषमा संक्रमण देखिएको छ त्यस्तै पर्बतका बिहादी गाउँपालिका २४ र २८ बर्षका पुरुष र फलेबास नगरपालिकाका २१ बर्षका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित सबै जनालाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । ३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
.
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …