पोखरामा उपचाररत स्याङजाका कोरोना संक्रमितको मृत्यु भएको पुष्टी
गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको आँधीखोला गाँउपालिका सिरुवारीका पुरुषको निधन भएको हो ।
असार ८ गते अस्पताल भर्ना भएका ५५ बर्षका ती पुरुषको गएराती निधन भएको प्रतिष्ठानले जनाएको छ ।
मृतकमा कोभिड १९ संक्रमण सँगै सिभियर न्युमोनिया,मधुमेह रोगको समेत समस्या रहेको प्रतिष्ठानले निकालेको बिज्ञप्तीमा उल्लेख छ ।
यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या २ पुगेको छ । गण्डकीमा ज्यान गुमाउने संक्रमित दुवै जना स्याङजाका हुन् ।
यसअघि वालिङ ३ का ५८ बर्षका संक्रमितको पोखरामा नै मृत्यु भएको थियो ।
कोरोना रोकाथाम/नियन्त्रणको लागि के हुँदैछ स्याङ्जामा-प्रजिअ गङ्गा बहादुर क्षेत्री
.

समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


