२४ घण्टामा ३१४ कोरोना संक्रमित थपिए,कोरोना संक्रमण पछि स्याङ्जाका एक पुरुषको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना भाइरस संक्रमित थपिएका हुन्। योसँगै कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ।
नयाँ कोरोना संक्रमितमध्ये २९४ पुरुष र २० महिला रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनु भयाे । उहाँले स्याङ्जाको वालिङ ३ का ५८ बर्षका पुरुषको कोरोना संक्रमण पछि मृत्यु भएको बताउनु भयो ।
अहिलेसम्म ४८८ जना निको भएर घर फर्किएका छन्। हालसम्म १४ जनाले ज्यान गुमाएका छन्।
कोरोना पुष्टी भएका वालिङका एक जनाको पाेखरामा निधन (यस्तो छ ट्राभल हिस्ट्रि)
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


