कोरोना भाइरसले विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म बिश्वभर मृतकको संख्या ४ लाख २ हजार ४९ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ६९ लाख ७३ हजार नाघेको छ ।

३१ लाख ६० हजार २६० जनाको उपचार भइरहेकोमा ५३ हजार ५८६ जनाको अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

याे पनि पढ्नुहाेस् :

स्याङ्जामा आज पनि थपिए १४ जना संक्रमित, स्याङ्जामा मात्रै ३७ पुग्यो ।

Facebook Comments Box
TOP