स्याङजाका ५ जना सहित २८८ जना संक्रमित थपिए, नेपालमा २०९९ पुगे

नेपालमा पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा कोरोना पुष्टि भएको बताउनु भयाे । याेसँगै नेपालमा  संक्रमितकाे संख्या २ हजार ९९ पुगेकाे छ।

स्याङजाका ५ जना सहित देशभर २८८ जना नयाँ संक्रमित थपिएकाहुन् ।

प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप ४५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या २६६ पुगेको छ।

Facebook Comments Box
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…

TOP