यसरी फुलमालाले बिदाई गरियो कोरोना जितेका स्याङ्जाका ३ जनालाई (फोटो फिचर)।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जाका ३ जना कोरोना संक्रमित पुरुष कोरोना जितेर घर फर्किएकाछन् । जिल्ला अस्पतालको आईसोलेसनमा रहेका ६ जना मध्ये ३ जना संक्रमितको पिसिआर परिक्षणमा नेगेटिभ आएपछि आज घर पठाईएको जिल्ला अस्पताल स्याङ्जाका कोरोना फोकल पर्शन डाक्टर अन्जु अर्यालले जानकारी दिनुभयो । घर फर्कनेमा वालिङ नगरपालिकाका २१ बर्षका पुरुष र गल्याङ् नगरपालिकाका २७ र ४० बर्षका २ जना पुरुष रहेकाछन् ।
उनीहरुलाई आज जिल्ला समन्वय समितिका अध्यक्ष सिता सुन्दास, पुतलीबजार नगरपालिकाका प्रमुख सिमा क्षेत्री,स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री लगायतले बिदाई गरेका हुन् ।
.

जेठ २२ गते जिल्ला अस्पतालमा उपचाररत ६ जना पुरुषहरु र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको पिसिआर परिक्षणका लागि स्वाव लिई पोखरा पठाईएको थियो । जसमा ३ जना संक्रमित र स्वास्थ्यकर्मींहरु सबैको कोरोना नेगेटिभ आएको फोकल पर्शन डाक्टर अर्यालले जानकारी दिनु्भयो ।
वालिङका कोरोना मुक्त भएका पुरुष जेठ १३ मा र गल्याङका पुरुष जेठ १८ मा संक्रमित भएको पुष्टी भएको थियो ।
अव जिल्ला अस्पतालको आईसोलेसनमा ३ जना पुरुष उपचाररत छन भने कालिका सामुदासिक अस्पतालको आईसोलेसनमा एक महिला सहित ३१ जना उपचार गराई रहेकाछन् । स्याङ्जाका कोरोना संक्रमित एक जनाको निधन भईसकेको छ । यो सहित जिल्लामा जम्मा संक्रमितको संख्या ३८ रहेको छ । तस्वीरहरु : सामाजिक सञ्जाल, प्रहरी तथा जिल्ला अस्पताल
.







समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


