संक्रमित छोराको स्याहार गर्न आइसोलेसन पुगेकी आमाले छोरालाई कारोनामुक्त बनाईन


स्याङ्जा :

स्याङजाको अर्जुनचौपारीकी एक महिलाले आफ्नो ३ बर्षे छोरालाई कोरोनामुक्त बनाएर घर फर्किएकीछन् । काखमा रहेको तिन बर्षे छोरा मात्रै कोरोना संक्रमित भएपछि छोराको स्याहारका लागि आईसोलेशनमा पुगेकी उनी अन्य संक्रमितहरु सँगै बसेकी थिईन ।
अर्जुन चौपारी ४ की १९ बर्षिय सरिता परियारले २२ जना सङक्रमित सगै कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा बसेर पनि कोरोना माथि जित हात पार्नु भएको हो ।
जेठ १३ गते भारतबाट ६ जना परिवार सगै आउनु भएकी परियारको तिन बर्षे छोरामा कोरोना पोजेटिभ भेटिएपछि छोरोको स्याहार गर्न आइसोलेसनमा पुग्नु भएको थियो ।
भारतबाट आएर वडाको जनमाबि क्वारेन्टीनमा १८ दिन बसेपछि जेठ ३० गते तिन बर्षिय छोरोको कोरोना पोजेटिभ भेटिएको थियो । तर आमाको भने पिसिआर नेगेटिभ आएको थियो ।
सानो छोराको स्याहारमा आइसोलेसनमा पुगेकोमा रोगको जोखिम भन्दा पनि छोरोको मायाँले परियार सङक्रमितको समुहमा जानु परेको थियो ।
गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङको कोरोना पीसीआर नतिजा नेगेटिभ भएपछि घर फर्काउने निर्देशन अनुसार असार ९ गते परियार सहित ४१ जनाको स्वाब लिइएको थियो ।

.


सबै सङक्रमित सगँ बस्दा पनि कोरोना माथि बिजय हात पारेको बताउदै परियारले धेरै मानिस सङक्रमित हुदाँ छोरा सगै आफुले बिजय हात पारेकोमा खुसी ब्यक्त गनुभयो ।
कारोना पोजेटिभ हुदाँ आइसोलेसनमा बसेका आन्दोलन गरेर यसै घर जान खोजेको बताउदै परियारले दुइपटक परीक्षण गरेर सुरक्षित भएपछि घर जाने ब्यवस्था गरेकोमा सरकारलाई समेत धन्यबाद दिनुभयो ।
घर पुगेपछि केही दिन एक्लै बस्ने बताउदै बताउदै परियारले सबैलाई सुरक्षित रहन आग्रह समेत गर्नुभयो ।
यस्तै कारोना सङक्रमित आमा र दाजुसगै नेगेटिभ भएर बसेका आँधीखोला ५ का एक जना छ बर्षे बालकले समेत कोरोना माथी बिजय हात पारेका हुन् । दिल्लीबाट आमा, दाई र अंकल सगँ आएर कोरोना नेगेटिभ भेटिएपनि संरक्षण गर्ने कोही नभएपछि सगै बालक आइसोलेसन पुगेका थिए ।
परियारसगै अर्जुन चौपारीका तिन, गल्याङका १६, वालिङ्का १०, आँधीखोलाका चार र भिरकोटका एक जना सहित ३४ जनालाई पीसीआर नेगेटिभ आएपछि घर पठाइएको हो ।
कोरोना माथि जित हात पारेर घर फर्केने जेठ २०, २५ र ३० गते सङक्रमित भएको कालिका अस्पतालका प्रमुख छायाँदत्त रेग्मीले जानाकारी दिनुभयो ।
असार ९ गने ४१ जनाको ३४ जनाको नेगेटिभ नतिजा आएर घर फर्केका छन् भन सात जनाको पोजेटिभ आएको हो ।

.

तस्बिर
तिन बर्षेको छोराको स्याहारको लागि आइसोलेसन बसेकी सरिता परियार र छोरालाई कोरोना माथी बिजय हात पारेपछि गाउँपालिका उपाध्यक्ष चिनमायाँ गुरुङले माला लगाउदै ।


दोस्रो पटक पनि पोजेटिभ:
कोरोना सङक्रमित भएर भिरकोट १ को आइसोलेसनमा रहेको सात जनामा दोस्रो पटक पनि पीसीआर टेष्ट पोजेटिभ देखिएको छ । गल्याङका तिन र वालिङ्का चार जनामा दोस्रो पटक कोरोना पोजेटिभ देखिएको हो ।
जेठ २० र २५ गते पोजेटिभ देखिएर आइसोलेनमाा बसेका मध्ये असार ४ गते स्वाब लिएर गरिएको पीसीआर टेष्टमा असार ८ गते पहिलो पटक पोजेटिभ देखिएका थिए ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेर कोरोनाा पोजेटिभ देखिएका मध्ये पहिलो पटक पोजेटिभ आएपछि दोस्रो पटक असार ९ गते स्वाब लिइएको थियो ।
दोस्रो पटक पनि पोजेटिभ आएका सातै जनाको फेरी स्वाब लिएर परीक्षण गरिने प्रजिअ गंगा बहादुर क्षेत्रीले जानाकारी दिनुभयो ।

Facebook Comments Box
TOP