वालिङ नगरपालिकाले सम्मान गरेर घर पठायो कोरोना मुक्त भएका थप ४ जनालाई
स्याङ्जा :
स्याङ्जामा थप ४ जना कोरोना संक्रमितहरु कोरोना जितेर घर फर्किएकाछन् । जिल्ला अस्पतालको आईसोलेसनमा रहेका ३ जना पुरुष र कालिका सामुदायिक अस्पतालको आईसोलेसनमा रहेका १ महिलालाई आज घर पठाईएको हो ।
घर फर्कनेहरुमा वालिङ नगरपालिकाका २०,२६ र २९ बर्षका ३ जना पुरुष र ३९ बर्षकी महिला रहेकीछन् ।
अस्पतालबाट सिधै वालिङ नगरपालिकाको कार्यालयमा आएका उनीहरु चारै जनालाई नगर प्रमुख दिलिप प्रताप खाँण, उपप्रमुख कल्पना तिवारी, स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डे लगायतले फुलका गुच्छा दिएर सम्मान गरेकाहुन् ।
घर जान लागेका चारै जनालाई नगरपालिकाले मास्क,सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री समेत प्रदान गरेको छ ।
.

नगरप्रमुख खाँणले उनीहरुलाई घरमा सुरक्षित तरिकाले बस्न आग्रह गर्दै केही स्वास्थ्य र दिनचर्या सम्वन्धी गर्नुपर्ने क्रियाकलापका बारेमा समेत गराउनु भएको थियो ।
यसअघि जिल्ला अस्पतालको आईसोलेसनमा नै रहेका वालिङका १ र गल्याङका २ जना पुरुष कोरोना मुक्त भएर घर फर्किसकेकाछन् ।
अव कालिका सामुदायिक अस्पतालको आईसोलेसनमा ५० जना रहेकाछन् भने २ जना पोखरामा रहेकाछन् । एक जनाको निधन भईसकेको छ । जिल्लामा संक्रमितको संख्या ६० रहेको छ ।
.

समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


