कोरोना बीमा नयाँ व्यवस्था सहित पुनः सुचारु गर्ने बीमा समितिको निर्णय
काठमाण्डौं : हिजो मात्र स्थगित गरिएको कोभिड १९ बीमालेखको कारोबार पुनः सुचारु हुने भएको छ । सरकारले पनि दायित्व बहन गर्न सहमति देखाएपछि पुनः उक्त बीमा सेवा सुचारु गर्ने निर्णय गरिएको बीमा समितिले बताएको छ ।
समितिले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै बीमा कम्पनीहरुलाई पुनः उक्त बीमा सेवा सुचारु गर्न निर्देशन दिएको हो। कम्पनीको पुँजी भन्दा दायित्व बढी भएपछि बिहीबार मात्र कोरोना बीमा कारोबार स्थगित गर्ने निर्णय भएको थियो । तर, आज शुक्रबार उक्त बीमा पुनः सुचारु गर्ने निर्णय समितिले गरेको छ ।
अब कम्पनीहरुले पुरानै मोडालिटीमा यो बीमा सेवा अगाडि बढाउनुपर्ने हुन्छ । यद्यपि, अब जारी हुने पोलिसीले आगमी चैत मसान्तसम्मको मात्र दायित्व बहन गर्ने छ ।

समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


