गण्डकी प्रदेशमा आज थपिए १६ जना संक्रमित,संक्रमितको संख्या ५ सय नाघ्यो ।
स्याङ्जा :
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ सय ४ पुगेको हो । आइतबार बिहान बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बागलुङमा ९ जना संक्रमित थपिएकाछन् । गल्कोट नगरपालिकका ४ पुरुष, ढोरपाटन नपाका १ पुरुष, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकाका १ कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै म्याग्दीमा ४ जना थपिएका हुन् जसमा रघुगगा गाउँपालिका २ महिला, मंगला गाउँपालिकाका १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पर्वतको कुश्मा नगरपालिकाका २ पुरुष र तनहुँको रिसिङ गाउँपालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डाक्टर शर्माले जानकारी दिनुभयो ।
गण्डकीका ५०४ जना संक्रमित मध्ये ४९ जना निको भएर घर फर्किएकाछन् भने १ जना संक्रमितको निधन भएको छ । यसअघि शनिवार मात्रै १०८ जना संक्रमित थपिएका थिए ।
आज इतिहासकै दुर्लभ खण्डग्रास सूर्य ग्रहण लाग्दै, कति बजे लाग्ने र क–कसले हेर्न हुने र नहुने ?
.

समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


