स्याङ्जाको चापाकोटमा वडा अध्यक्ष नै बसे अनशन ।
आँधीखोला खबर/चापाकोट :
स्याङ्जाको चापाकोटमा इलाका प्रहरी कार्यालय चापाकोटलाई यथास्थानमा कायम गर्न माग गर्दै वडा अध्यक्षले नै अनशन शुरु गरेकाछन् । चापाकोट ८ का अध्यक्ष नवराज श्रेष्ठ सहितको टोली प्रहरी कार्यालयलाई यथा स्थानमा कायम गराउन दवाव दिन भन्दै अनसन शुरु गरेको हो ।
गत असोज ७ गते बसेको मन्त्री परिषदको बैठकले चापाकोटको ईलाका प्रहरी कार्यालयलाई वडा प्रहरी कार्यालयमा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।
स्तरोन्नतीसँगै चापाकोट ९ को सुन्तलीटारमा नयाँ भवन बनाउन शुरु गरेपछि वडा नम्वर ८ का नागरिक आन्दोलित भएकाहुन् । वडा कार्यालयको गेटमा नै रिले अनशन शुरु गरिएको अभियानका सहसंयोजक गोकर्ण भट्टराईले जानकारी दिनुभयो ।
पटक पटक सम्बन्धीत निकायमा पत्राचार गर्ने ज्ञापन पत्र बुझाउने जस्ता कदम चलाउदा पनि कुनै सुनुवाई नभएपछि अनशन नै शुरु गर्नु परेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
जेठ १८ गते बसेको सर्बदलिय भेलाले हरि प्रसाद भट्टराईको संयोजकत्वमा २३ सदस्यिय इलाका प्रहरी कार्यालय संरक्षण समितिको गठन गरेको थियो ।
२०५४ सालमा इलाका प्रहरी कार्यालय रत्नपुरको स्थापनाका भएपछि त्यसकालागि आवश्यकपर्ने १० रोपनी जग्गा स्थानिय सिता कुमारी पौड्याल र स्वर्गीय चन्द्र कुमारी पौड्यालले निशुल्क प्रदान गरेका थिए ।
.

प्रहरी कार्यालयको स्तर उन्नती हुने कुराले निकै हर्षित भएकी थिए जग्गादाता ७८ बर्षिय सिता कुमारी पौड्यालले भन्नुभयो अनावश्यक चलखेलले पीडा थपिदियो ।
प्रहरी कार्यालय आफ्नै १० रोपनी जग्गा भएको ठाँउबाट स्थानान्तरण भएर ३ किलोमिटर पर सुन्तलीटारमा जान लागेको हो । जहाँनगरपालिकाको कार्यालय समेत रहेको छ ।
क्वामीबाट सहजै चापाकोट नगरपालिका पुरै क्षेत्रलाई सुरक्षा प्रदान गर्ने अवस्था हुँदाहुदै साँघुरो ठाँउमा प्रहरी कार्यालय सार्न थालिएको भन्दै आफूहरु बिरोधमा उत्रिएको गोकर्ण भट्टराईले बताउनु भयो ।
प्रहरी कार्यालय तत्कालिन गाविस अध्यक्ष बद्रि प्रसाद भट्टराईको पहलमा २०५४ सालमा स्थापना गरिएको थियो ।
.
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


