स्याङ्जाको चापाकोटमा वडा अध्यक्ष नै बसे अनशन ।

आँधीखोला खबर/चापाकोट :
स्याङ्जाको चापाकोटमा इलाका प्रहरी कार्यालय चापाकोटलाई यथास्थानमा कायम गर्न माग गर्दै वडा अध्यक्षले नै अनशन शुरु गरेकाछन् । चापाकोट ८ का अध्यक्ष नवराज श्रेष्ठ सहितको टोली प्रहरी कार्यालयलाई यथा स्थानमा कायम गराउन दवाव दिन भन्दै अनसन शुरु गरेको हो ।
गत असोज ७ गते बसेको मन्त्री परिषदको बैठकले चापाकोटको ईलाका प्रहरी कार्यालयलाई वडा प्रहरी कार्यालयमा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।
स्तरोन्नतीसँगै चापाकोट ९ को सुन्तलीटारमा नयाँ भवन बनाउन शुरु गरेपछि वडा नम्वर ८ का नागरिक आन्दोलित भएकाहुन् । वडा कार्यालयको गेटमा नै रिले अनशन शुरु गरिएको अभियानका सहसंयोजक गोकर्ण भट्टराईले जानकारी दिनुभयो ।
पटक पटक सम्बन्धीत निकायमा पत्राचार गर्ने ज्ञापन पत्र बुझाउने जस्ता कदम चलाउदा पनि कुनै सुनुवाई नभएपछि अनशन नै शुरु गर्नु परेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
जेठ १८ गते बसेको सर्बदलिय भेलाले हरि प्रसाद भट्टराईको संयोजकत्वमा २३ सदस्यिय इलाका प्रहरी कार्यालय संरक्षण समितिको गठन गरेको थियो ।
२०५४ सालमा इलाका प्रहरी कार्यालय रत्नपुरको स्थापनाका भएपछि त्यसकालागि आवश्यकपर्ने १० रोपनी जग्गा स्थानिय सिता कुमारी पौड्याल र स्वर्गीय चन्द्र कुमारी पौड्यालले निशुल्क प्रदान गरेका थिए ।

.


प्रहरी कार्यालयको स्तर उन्नती हुने कुराले निकै हर्षित भएकी थिए जग्गादाता ७८ बर्षिय सिता कुमारी पौड्यालले भन्नुभयो अनावश्यक चलखेलले पीडा थपिदियो ।
प्रहरी कार्यालय आफ्नै १० रोपनी जग्गा भएको ठाँउबाट स्थानान्तरण भएर ३ किलोमिटर पर सुन्तलीटारमा जान लागेको हो । जहाँनगरपालिकाको कार्यालय समेत रहेको छ ।
क्वामीबाट सहजै चापाकोट नगरपालिका पुरै क्षेत्रलाई सुरक्षा प्रदान गर्ने अवस्था हुँदाहुदै साँघुरो ठाँउमा प्रहरी कार्यालय सार्न थालिएको भन्दै आफूहरु बिरोधमा उत्रिएको गोकर्ण भट्टराईले बताउनु भयो ।
प्रहरी कार्यालय तत्कालिन गाविस अध्यक्ष बद्रि प्रसाद भट्टराईको पहलमा २०५४ सालमा स्थापना गरिएको थियो ।

.

Facebook Comments Box
TOP