लकडाउन मै सम्पन्न भए स्याङजाका ६ वटा मोटरेवल पुल

स्याङ्जा : स्याङ्जाको भीरकोट नगरस्थित लुव्दीखोला मोटरेबल पुल निर्माण कार्य सुरु गरिएको ६ महिनामा नै सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय पोखराबाट संचालित उक्त योजना २०७६ असोज २९ मा सम्झौता भई मंसिरबाट निर्माण कार्य सुरु गरिएको थियो । उक्त पुलको निर्माण कार्य वैशाख महिनामा नै सम्पन्न भएको पूर्वाधार कार्यालयका इन्जिनियर सुमन गिरीले बताए ।

२५ मिटर लम्वाई र ८.५ मिटर चौडाई रहेको सोही पुलको सम्झौता रकम २ करोड १५ लाख २१ हजार रहेको छ । जेएन ईश्वर÷विवेक एण्ड कुवेर कम्पनीले निर्माण कार्यको जिम्मा लिएको थियो । कोरोना भाइरसका कारण मुलुक साढे दुई महिना लकडाउनमा गुज्रिदा गण्डकी सरकारका विकास निर्माणका योजना ठप्प छन । अर्थतन्त्रलाई चलायमान बनाउने भन्दै सरकारले योजना सञ्चालन गर्ने भनेपनि विभिन्न प्राविधिक समस्याका कारण योजना सुचारु हुन सकेका छैनन । तर, पूर्वाधार कार्यालय पोखराका योजना भने लकडाउनको समयमा पनि धमाधम संचालनमा छन् । सामाजिक दुरी कामय गर्दै मजुदर निर्माण कार्यमा जुटेका हुन् ।

यसैगरी, स्याङ्जाकै विरुवा गापा १ र ४ नम्बर वडा जोड्ने अम्बोट मोटरेबल पुल पनि निर्माण भएको ८ महिनामा नै सम्पन्न भएको छ । १ करोड ७५ लाख ३३ हजार सम्झौता रकम रहेको सोही पुलको २०७६ असार २३ मा सम्झौता भएको थियो । २२.६५ मिटर लम्वाई र साढे ८ मिटर चौडाई रहेको यो पुलको निर्माणको जिम्मा गजेन्द्र निर्माण सेवाले लिएको थियो । औपचारिक कार्यक्रमसहित उद्घाट गर्न बा“की रहेको सोही पुलको पनि निर्माण फागुनमा नै सम्पन्न भएको इन्जियिर गिरीले जनाए । उनका अनुसार वालिङ नगरस्थित अर्मादीखोला मोटरेवल पुलको निर्माण पनि सम्पन्न भएको छ । १ करोड २७ लाख ५० हजार सम्झौता रकम रहेको यस पुलको २०७६ जेठ २१ मा सम्झौता भएको थियो । १२ मिटर लम्वाई र ८.४ मिटर चौडाई रहेको पुलको निर्माण जिम्मा जिएसआर÷राङखोला जेभीले लिएको थियो । यसरी नै, आ“धीखोला गापास्थित ना“गडा“डा–कार्कीनेटा सडक खण्ड अन्तर्गत पर्ने बा“स्कोटखोला मोटरेवल पुलको पनि निर्माण सम्पन्न भएको छ । १ करोड १८ लाख ६० हजार रकममा निर्माण भएको उक्त पुलको २०७६ असार २ मा सम्झौता भएको थियो । पुलको लम्वाई ११ र चौडाई १० मिटर रहेको छ । निर्माणको जिम्मा भने विवेक एण्ड कुवेर कम्पनीले लिएको थियो ।

पुतलीबजार नगरस्थित घुम्ती–चिसापानी सडकमा पर्ने भुवानेखोला मोटरेबल पुलको पनि निर्माण कार्य सम्पन्न भएको छ । १ करोड ६ लाख सम्झौता रकम रहेको उक्त पुलको २०७६ जेठ १९ मा सम्झौता गरिएको थियो । १०.६५ लम्वाई र ८.४ चौडाई रहेको पुलको निर्माण कार्य विवेक एण्ड कुवेर विलडल्स कम्पनीले बनाएको हो । फेदीखोला गापास्थित फेदीखोला स्थानेचौर मोटरेबल पुल पनि सम्पन्न भएको छ । २ करोड ९१ लाख ५० हजार सम्झौता रकमको रहेको पुलको २०७५ फागुन १५ मा सम्झौता गरिएको छ । २५ मिटर लम्वाई र ८.४ चौडाई रहेको यस पुलको निर्माणको जिम्मा शान्ति निर्माण सेवा कम्पनीले गरेको थियो । यसरी नै, २०७६ असार १३ मा सम्झौता भएको पोखरा महानगरस्थित भलामखोला मोटरेबल पुलको निर्माण कार्य सम्पन्न भएको छ । २ करोड ३२ लाख ११ हजार सम्झौता रकम रहेको यस पुलको लम्वाई २५ र चौडाई ८.४ रहेको छ । गजेन्द्र÷सिम्रन जेभी कम्पनीले उक्त पुलको निर्माण कार्यको जिम्मा लिएको थियो । पोखरा–२७ मा पर्ने फुस्रेखोला चिसापनी मोटरेबल पुलको पनि निर्माण सम्पन्न भएको छ । ३ करोड ९८ लाख ४८ हजार सम्झौता रकम रहेको यस पुलको २१ फागुन २०७५ मा सम्झौता भएको थियो । ३५ मिटर लम्वाई र ८.४ मिटर चौडाई रहेको पुलको निर्माणको जिम्मा गीता सिम्रन जेभी कम्पनीले लिएको थियो ।

मादी गापामा रहेको मादी नदी ज्यान्दु मोटरेबल पुलको पनि निर्माण सम्पन्न भएको छ । ८२.५ लम्वाई ७.२ मिटर चौडाई रहेको पुलको २०७२ चैत २१ मा सम्झौता भएको थियो । ८ करोड ६९ सम्झौता रकम रहेको यस पुलको निर्माणको जिम्मा मृत्त सन्जीवनी निर्माण सेवाले लिएको थियो । गत आवमा निर्माण कार्य हुदाहुदै अलपत्र रहेपछि मानी नदीले बगाएको उक्त पुलको चालु आवमा सुरुबाट नै निर्माण गरिएको इन्जिनियर गिरीले बताए । ‘५ बर्ष लगाएर निर्माण सम्पन्न गरेउ’ उनले भने । इतिहासमा नै स्याङ्जामा ६ वटा र पुर्वाधार कार्यालयका एकै आवमा ९ वटा पुल पहिलोपटक सम्पन्नन भएको इन्जिनियर गिरीले दावी गरे । जिल्ला प्रशासन, प्रदेश र स्थानीय सरकार, जिल्ला समन्वय समितिबीच समन्वय गरी विकास निर्माणका योजना लकडाउनको समयमा पनि सम्पन्न गर्न सफल भएको उनको भनाई छ । ‘लकडाउन भनेर पुलको काम था“ती राखेको भए बर्षातको बाढीले सवै बगाउने थियो’ उनले थपे, ‘छोड्ने स्थिति थिएन । कि त सुरु नगरेको भएमात्र हुने हो । निर्माण व्यवसायी, प्राविधिक र उपभोक्ता जिम्मेवार बन्दा लकडाउनमा पनि तोकिएको मिति नआउदै निर्माण सम्पन्न गर्न सफल भयौ ।’ यी सवै पुलमा गाडी कुद्न मात्र बा“की छ । असार १५ देखी गाडी संचालनमा आउछन ।

एलआरविएसयु संस्थाले पुल निर्माणमा प्राविधिक सहयोग गरेको थियो । पुलको डिजाई गर्न काठमाण्डौ जानुनपर्ने झन्झटिलो प्रकृया नरहेको र प्रदेशमा नै सर्वे हुदा“ निर्णय प्रकृया कुर्न ढिलाई नहुदा पनि तोकिएको मिति अगावै योजनाको निर्माण सम्पन्न भएको इन्जिनियर गिरीको भनाई छ । यातायात पूर्वाधार निर्देशनालय र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहकार्य र फाइल लगेको एकै दिनमा निर्णय हुनाले पनि योजनाको निर्माण कार्य छिटो भएको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शोभियत खड्काले बताए । मन्त्रालयको निर्णयसंगै स्थानीय तहमा परेको योजना जानकारी गराउदा पनि उपभोक्ता र स्थानीय तहको भरपुर सहयोग रहेको खड्काले बताए । उनले पुलको सर्वे, डिजाइन र कन्सल्टेन्सको लागि प्रदेश आफैमा आत्मर्निभर रहेको बताए ।

माथिकाे तस्वीर : स्याङ्जाको विरुवा गापास्थित निर्माणधीन अम्बोट मोटरेबल पुल । निर्माण कार्य सुरु भएको ८ महिनामा नै यस पुलको निर्माण कार्य सम्पन्न भएको छ । यसैगरी पोखराको मादी गापास्थित मादीखोला मोटरेबल पुलको तस्बिर । उक्त पुल ५ बर्षको अवधिमा सम्पन्न भएको छ । गतबर्ष अलपत्र पर्दा मादी नदीको बाढीले बगाएपनि पुनः सुरुबाट नै निर्माण कार्य गरिएको थियो । यी दुवै योजना पूर्वाधार विकास कार्यालय पोखरा अन्तर्गतका हुन ।

Facebook Comments Box
TOP