क्वारेन्टीनमा बसेकाहरुलाई खाना खुवाउन टपरी गास्न व्यस्त छन् भकुण्डेका महिलाहरु

tapari_gasdai_women

आँधीखोला खबर :
वालिङको क्वारेन्टीनमा बसेकाहरुलाई खाना खुवाउनका लागि महिलाहरुले पातको टपरी गाँसेर उपलव्ध गराएकाछन् । वालिङ १० स्थित पाईनिअज माविको क्वारेन्टीनमा बस्दै आएकाहरुलाई खाना खुवाउनका लागि महिलाहरुले पातको टपरी गासेका हुन् ।
पाईनिअजरोड आमा समुहमा आबद्ध महिलाहरुले आफै बनमा गएर पात टिपी टपरी गाँसेर निशुल्क उपलव्ध गराएका हुन् । क्वारेन्टीनमा बसेकालाई सहजताका लागि हामीले टपरी गासेर उपलव्ध गराएको समुहकी सचिव खुमा पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो, लकडाउनको समयलाई सदुपयोग गर्दै हामीले सााजिक कार्य गरेका हौं ।
प्लास्टिकमा खानु भन्दा टपरीमा खाना खान पाउदा आफुहरु निक्कै खुसी भएको क्वारेन्टीनमा बसेकाहरुको भनाई छ ।

.


क्वारेन्टीनको व्यवस्थापनका लागि युवाहरु समेत खटिई रेहकाछन् , सरसफाई, बसोबास तथा खानाको व्यवस्थापनका लागि लियो क्लव वालिङले सहयोग गर्दै आईरहेको क्लवका २०२०/२१ का अध्यक्ष एवं क्वारेन्टीन व्यवस्थापनका संयोजक दिक्षान्तप्रताप खाँणले जाकारी दिनुभयो ।
पाईनिअज माविको क्वारेन्टीनमा ५० जना भारतबाट आएकाहरु बस्दै आएकाछन् । वालिङका आदर्श मावि लगायतका बिद्यालयमा बनाईएका क्वारेन्टीनमा भारतबाट आएकाहरुलाई राखिएको छ ।
उनीहरु स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

.

समुहका महिलाहरू

Facebook Comments Box
TOP