क्वारेन्टीनमा बसेकाहरुलाई खाना खुवाउन टपरी गास्न व्यस्त छन् भकुण्डेका महिलाहरु
आँधीखोला खबर :
वालिङको क्वारेन्टीनमा बसेकाहरुलाई खाना खुवाउनका लागि महिलाहरुले पातको टपरी गाँसेर उपलव्ध गराएकाछन् । वालिङ १० स्थित पाईनिअज माविको क्वारेन्टीनमा बस्दै आएकाहरुलाई खाना खुवाउनका लागि महिलाहरुले पातको टपरी गासेका हुन् ।
पाईनिअजरोड आमा समुहमा आबद्ध महिलाहरुले आफै बनमा गएर पात टिपी टपरी गाँसेर निशुल्क उपलव्ध गराएका हुन् । क्वारेन्टीनमा बसेकालाई सहजताका लागि हामीले टपरी गासेर उपलव्ध गराएको समुहकी सचिव खुमा पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो, लकडाउनको समयलाई सदुपयोग गर्दै हामीले सााजिक कार्य गरेका हौं ।
प्लास्टिकमा खानु भन्दा टपरीमा खाना खान पाउदा आफुहरु निक्कै खुसी भएको क्वारेन्टीनमा बसेकाहरुको भनाई छ ।
.

क्वारेन्टीनको व्यवस्थापनका लागि युवाहरु समेत खटिई रेहकाछन् , सरसफाई, बसोबास तथा खानाको व्यवस्थापनका लागि लियो क्लव वालिङले सहयोग गर्दै आईरहेको क्लवका २०२०/२१ का अध्यक्ष एवं क्वारेन्टीन व्यवस्थापनका संयोजक दिक्षान्तप्रताप खाँणले जाकारी दिनुभयो ।
पाईनिअज माविको क्वारेन्टीनमा ५० जना भारतबाट आएकाहरु बस्दै आएकाछन् । वालिङका आदर्श मावि लगायतका बिद्यालयमा बनाईएका क्वारेन्टीनमा भारतबाट आएकाहरुलाई राखिएको छ ।
उनीहरु स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
.


।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


