वालिङमा स्कुटर दुर्घटना, एक युवती घाईते
आँधीखोला खबर :
स्याङ्जाको वालिङमा स्कुटर दुर्घटना हुँदा एक युवती घाईते भएकीछन् । मिर्दी चापाकोट सडक खण्ड अन्तरगत वालिङ ६ मा ग १४ प २८५४ नम्वरको स्कूटर अनियन्त्रीत भई सडकको भित्तामा ठोकिएको प्रहरीले जनाएको छ ।
लालुपाते बाट मिर्दी तर्फ जाँदै गरेको स्कुटर दुर्घटनामा परि वालिङ ६ मिर्दीकी चालक २० बर्षीय बनिता तिवारी घाईते हुनु भएको हो । उहाँको वालिङ प्राथमिक अस्पतालमा उपचार भईरहेको छ । घाईते तिवारीको गाला,मुख,ढाड र दुबै हातमा चोट लागेको प्रहरीले जनाएको छ । उहाँको अवस्था सामान्य रहेको छ ।
।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाबाट अबैध युरिया मल लिएर गएको ट्रक पाल्पामा नियन्त्रण
१ हप्ता अगाडि
तानसेन : अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले…


