स्याङजामा प्रबिधि मैत्री शिक्षक समाजको एक महिने अनलाईन कक्षा
भवानी अधिकारी/स्याङजा :
प्रबिधि मैत्री शिक्षक समाज स्याङजाले भिडियो कन्फरेनस मार्फत एक महिने अनलाईन कक्षा समापन गरेको छ ।
जुम एप्लिकेशन मार्फत गरिएको प्रयोगशालाको समापन गर्दै प्रविधि मैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपती बस्यालले एक्काइशौ. सताब्दी प्रविधिको युग भएको बताउदै अधिकतम प्रयोग गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा आधीखोला गाउपालिकाका अध्यक्ष सुधिर पौडेल, समाजका महासचिव देवीप्रसाद शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष जमुना चापागाई, सदस्य यामबहादुर कुवर, जिल्ला अध्यक्ष हिमलाल ढकाल, समाजका गण्डकी प्रदेश संयोजक श्रीकान्त पौडेल, प्राबिधिक समितिका सदस्य संबिधान लामिछाने, सहभागी शिक्षकहरु श्याम थापा, निर्मला गोदार लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
.

यसैगरी, सोही कार्यक्रममा शिक्षकहरु रामोसिंह थापा, सपना गुरुङ, रीता शर्मा, कुशल लामिछाने, युवराज थापा, चण्डी सुवेदी लगायतले तालिममा सिकेका सीपलाई प्रस्तुत गर्नुभएको थियो ।
प्रबिधि मैत्री शिक्षक समाज स्याङजाका अध्यक्ष दोलराज ढकालको अध्यक्षतमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण गोदारले संचालन एवं सचिव युवराज पौडेलले स्वागत गर्नुभएको थियो ।
.
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


