स्याङ्जामा एकजनामा आरडिटी पोजेटिभ, कोरोना-पिसिआर परिक्षणका लागि स्वाव पठाईदै ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जामा एकजनामा आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्ने तयारी भएको छ ।
भारतबाट आएका व्यक्तिहरुलाई राम्दीमा परिक्षण गर्ने क्रममा एक जनामा आरडिटी पोजेटिभ देखिएको गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘भारतबाट ११ जनाको समुह आएको थियो, उनीहरु मध्ये १ जनामा कोरोना परिक्षण आरडिटी पोजेटिभ पाईएको हो ।’ आरडिटी पोजेटिभ देखिएका व्यक्ति गल्याङ नगरपालिकाका स्थायी बासिन्दा रहेको उहाँले बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालयको टोलीले उनको स्वाव संकलनको तयारी गरिरहेको भण्डारीले जानकारी दिनुभयो । उनलाई हाल गल्याङ नगरपालिकाको क्वारेन्टाईनमा राखिएको छ ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…