स्याङ्जा : अवैध मदिरासहित खाद्यान्न बोकेर जीप चलाएपछि…
भवानी अधिकारी/स्याङ्जा : अवैध मदिरासहित बिल नभएका खाद्यान्न बोकेर स्याङजाबाट पर्वततर्फ जाँदै गरेको जीप प्रहरीले नियन्त्रणमा लिएको छ। मदिरा सहित बिल नभएका दाल, चामल लगायतका खाद्यान्न सामाग्री प्रहरीले पक्राउ गरेको हो।
साँझको करिब ९ बजेतिर स्याङ्जाबाट पर्वततर्फ जाँदै गरेको ग २ च ६८६३ नम्बरको जीप अर्जुनचौपारीमा प्रहरीले नियन्त्रणमा लिएको हो। जीप चालकसँग चैत २७ गतेको सवारी पास रहेको जनाइएको छ। पुरानो मितिका पास बोक्दै लकडाउनको उल्लंघन गर्दै रातारात जीप चालक र सहचालकलाई प्रहरीले कारवाही गरेको छ।
बिल बिनाको अवैध मदिरा सहितको खाद्यान्न बोकेको जीप पर्वततर्फ जाँदै गरेको छ भन्ने सूचनाका आधारमा प्रहरीले अर्जुनचौपारी गाउँपालिका-१ स्थित कच्ची सडकबाट सो जीपलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो। जीपमा सफर नामको अवैध मदिरा र चामल, दाल, चाउचाउलगायत बिल नभएका खाद्यान्न रहेको र एक लाख ७१ हजार ८ सय ३५ रुपैयाँ मुल्य बराबरका सामान रहेको प्रहरीले जनाएको छ। जीप चालक पर्वत महाशिला गाउँपालिका बस्ने बिनय गुरूङ र उक्त जीपका सहचालक रूपेन्द्र गुरूङलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पोखरा पठाईएको प्रहरी उपरीक्षक विमलराज कडेंलले जानकारी दिए।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


