स्याङ्जा : अवैध मदिरासहित खाद्यान्न बोकेर जीप चलाएपछि…

भवानी अधिकारी/स्याङ्जा : अवैध मदिरासहित बिल नभएका खाद्यान्न बोकेर स्याङजाबाट पर्वततर्फ जाँदै गरेको जीप प्रहरीले नियन्त्रणमा लिएको छ। मदिरा सहित बिल नभएका दाल, चामल लगायतका खाद्यान्न सामाग्री प्रहरीले पक्राउ गरेको हो।
साँझको करिब ९ बजेतिर स्याङ्जाबाट पर्वततर्फ जाँदै गरेको ग २ च ६८६३ नम्बरको जीप अर्जुनचौपारीमा प्रहरीले नियन्त्रणमा लिएको हो। जीप चालकसँग चैत २७ गतेको सवारी पास रहेको जनाइएको छ। पुरानो मितिका पास बोक्दै लकडाउनको उल्लंघन गर्दै रातारात जीप चालक र सहचालकलाई प्रहरीले कारवाही गरेको छ।
बिल बिनाको अवैध मदिरा सहितको खाद्यान्न बोकेको जीप पर्वततर्फ जाँदै गरेको छ भन्ने सूचनाका आधारमा प्रहरीले अर्जुनचौपारी गाउँपालिका-१ स्थित कच्ची सडकबाट सो जीपलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो। जीपमा सफर नामको अवैध मदिरा र चामल, दाल, चाउचाउलगायत बिल नभएका खाद्यान्न रहेको र एक लाख ७१ हजार ८ सय ३५ रुपैयाँ मुल्य बराबरका सामान रहेको प्रहरीले जनाएको छ। जीप चालक पर्वत महाशिला गाउँपालिका बस्ने बिनय गुरूङ र उक्त जीपका सहचालक रूपेन्द्र गुरूङलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पोखरा पठाईएको प्रहरी उपरीक्षक विमलराज कडेंलले जानकारी दिए।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…