गणतन्त्र दिवस : स्याङजाका २ कैदी-बन्दी छुटे
भवानी अधिकारी/स्याङ्जा : स्याङजा कारागारमा रहेका २ जना कैदीबन्दी रिहा भएका छन्। कारागार शाखामा रहेका खडानन्दी सुवेदी र डीलबहादुर थापाले ५० प्रतिशत कैद मिनाहा पाएर बिहीबार कारागारबाट छुटेका हुन् ।
तेह्रौं गणतन्त्र दिवसको अवसर पारेर सरकारले ५० प्रतिशत कैद सजाए मिनाह गरेको कारागार शाखा प्रमुख चुडामणी भण्डारीले जानकारी दिए । फेदिखोला गाउँपालिकाका सुवेदी जुवाताससम्बन्धी मुद्धामा र चापाकोट नगरपालिकाका डीलबहादुर थापा कर्तव्य ज्यान मुद्धा सम्बन्धमा ५० प्रतिशत सजाए माफ पाएर छुटेका हुन्। सुवेदी झण्डैं १० महिना र थापा ५ वर्ष कैद सजाए भोगिसकेका छन् ।
नेपालमा गणतन्त्र स्थापना भएको १३ वर्षमा प्रवेश गरेको छ ।सो अवसरमा बिहीबार १३ औँ गणतन्त्र दिवस मनाइँदैछ । पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्र अन्त्य गरी नेपालमा गणतन्त्र घोषणा गरेको थियो । सोही दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
.
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


