आगामी आर्थिक बर्षमा स्याङजाका कुन स्थानीय तहले कति बजेट पाउछन् हेर्नुहोस् ।
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जाका स्थानीय तहले संघीय सरकारबाट विभिन्न शिर्षकमा झण्डै साढे तीन अर्ब बजेट प्राप्त गर्ने भएका छन् । संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा स्याङ्जाका ११ स्थानीय तहलाई ३ अर्ब ४२ करोड ९ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
जिल्लाका ५ नगरपालिका मध्ये समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरी वालिङले ५७ करोड १६ लाख पाउने भएको छ । पुतलीबजारले ५० करोड ४५ लाख पाउने उल्लेख गरिएको छ, भने गल्याङ्ले ४९ करोड ७० लाख, चापाकोटले ३७ करोड ९७ लाख र भीरकोटले ३४ करोड २३ लाख पाउने भएका छन् ।
६ गाउँपालिका मध्ये कालिगण्डकीले ३२ करोड ६७ लाख पाउने छ भने आँधीखोलाले ३२ करोड ४ लाख पाउने छ । बिरुवाले २८ करोड ४५ लाख पाउँदा अर्जुनचौपारीले २४ करोड ४८ लाख पाउने छ । फेदीखोलाले २४ करोड ३४ लाख र हरिनाश गाउँपालिकाले २२ करोड ७२ लाख अनुदान पाउने भएका छन् ।
प्राप्त अनुदानलाई आर्थिक नियमावली अनुसार खर्च गर्न सके ठूलै उपलब्धी हासिल गर्न सकिनेमा वालिङ नगरपालिकाका उप–प्रमुख कल्पना तिवारीले विश्वास जनाईन् । अनुदानलाई शिर्षकगत खर्च गर्दा ध्यान पु¥याएर चालु खर्चलाई न्यून गर्दै पुँजीगत खर्च बढाउन सके राम्रो हुनेमा तिवारीले जोड दिईन् ।
अनुदानबाट प्राप्त बजेटको ठूलो हिस्सा चालु खर्चमा जाने भएकाले एकमुष्ट रकम बढि देखिएपनि उपलब्ध नगन्य मात्रामा हुने स्थानीय जनप्रतिनिधिको भनाई छ । उनीहरुका अनुसार मोटो रकम राजश्व संकलन गर्ने स्थानीय तहले अनुदानलाई समाबेश गरेर विकासमा उपलब्धी मुलक बनाउन सक्ने छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


