चापाकोटका मेयर शिव गिरी अस्वस्थ, उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं लगियाे
आँधीखेला खबर :
चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरी अस्वस्थ भएपछि हेलिकप्टरबाट काठमाण्डौं लगिएको छ । उच्चरक्तचापका बिरामी प्रमुख गिरीको स्वास्थ्यमा बिहान घरमा नै समस्या आएको थियो । बाथरुममा जानेक्रममा अस्वस्थ भई अचानक ढल्ने अवस्थामा पुग्नु भएका गिरीलाई तत्कालै उपचारका लागि चापाकोट अस्पताल लगिएको थियो ।
चापाकोटमा सामान्य उपचार गरी थप उपचारका लागि नगर प्रमुख गिरीलाई हेलिकप्टरबाट काठमाडौंको ग्राण्डीसिटीमा लगिएको नगरपालिकाका सल्लाहकार बिश्वास पुरीले जानकारी दिनुभयो ।
.
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


