प्रतिनिधिसभामा पेश गरियो संविधान संशोधन विधेयक

काठमाडौं : संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश गरिएको छ । आइतबारको बसेको संसद बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव पेश गर्नु भएको हो ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पारित भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेश गर्नु भएको हो ।। कुनै पनि सांसदले उक्त प्रस्तावमा विरोधको सूचना राखेनन् ।
संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापमा उल्लेख भएको नक्शा नेपालको परिमार्जित वास्तविक नक्शाअनुरुप बनाउनुपर्ने भएकाले संविधान संशोधन विधेयक ल्याएको मन्त्री तुम्बाहाङ्फेले संसदलाई जानकारी गराउनु भयाे ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्शा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।
प्रमुख प्रतिपक्षी कांग्रेसले शनिबार केन्द्रीय समितिबाटै निर्णय गरी संशोधन प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको छ । समाजवादी पार्टी, राप्रपालगायत दलले पनि संशोधनको पक्षमा मतदान गर्ने जनाएका छन् ।
२०७२ असोज ३ गते जारी भएको नेपालको संविधानको पहिलो संशोधन २०७२ सालकै असोज १० गते भएको थियो ।
.
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…