रुकुम घटना : स्याङ्जामा बिरोध कार्यक्रम सहित गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाईयो ।

Sita N Dalit Mukti Sangathan Syangja

भवानी अधिकारी/स्याङ्जा :
रुकुम पश्चिम मानवता बिरोधी घटनाको बिरुद्धमा नेपाल दलित मुक्ति संगठनले आइतवार स्याङजा सदरमुकाममा बिरोधसभा सहित गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री मार्फत गृह मन्त्रालयमा आज ज्ञापनपत्र पठाएका हुन । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ का सुष्मा मल्ल संगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने भन्दै गएका युवाहरुलाई सामुहिक आक्रमणगरी हत्या गरिएको भन्दै त्यसको बिरुद्धमा ज्ञापनपत्र बुझाइएको हो ।
जाजरकोट भेरी नगरपालिकाका नवराज वि क, टिका राम विक, लोकेन्द्र सुनार, गणेश बुढामगर र सन्जु विक र गोविन्द शाहीको हत्याकोे घटनाले सिङ्गो दलित समुदायलाई आक्रोसित र आन्दोलित बनाएकोे ज्ञापनपत्रमा उल्लेख गर्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराइएको छ । कार्यक्रम संयोजक मेघ प्रनेशद्धारा जारी ज्ञापनपत्रमा उच्चस्तरीय छानवीन आयोज, ५ जनाका हत्यारा र एक जना वेपत्ताको खोजीगरी दोषीलाई कानूनी कारवाही, मृतकलाई क्षतिपूर्ति सहित सहिद घोषणा, घाइतेको स्वास्थ्य उपचार, जीवित सम्बन्धित ब्यक्तिहरुको सुरक्षाको माग गर्दे बिभिन्न ८ बुदें माग उल्लेख गरिएको छ ।

.

gyapanpatra Dalit
gyapanpatra Dalit


साथै, जनआन्दोलन २०६२÷६३ पछि पनि घोषणा गरिएकोे छुवाछूतमुक्त राष्ट्र घोषणा र जातीय भेदभाव तथा छुवाछूत (कसूर तथा सजाय) ऐन २०६८ लागू भएयता १८ जनाको निर्मम हत्याभएको उल्लेख छ । कोभिड १९ को लकडाउनको अवधिमामात्र ३२ वटा घट्नाहरु घटे पनि राज्यकातर्फबाट चित्त बुझ्दो न्याय नभएको जनाउदै यस किसिमका निकृष्ट अपराधी घट्नाहरु दोहोरिन नदिन नेपाल सरकारका तर्फबाट विशेष योजनाका अघि बढ्न समेत आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ क्षेत्रीले आफुलाई प्राप्त पत्र तत्काल गृह मन्त्रालय प्रेषित गर्ने बताउनुभयो । ज्ञापनपत्र बुझाएपछि सदरमुकाम स्थित सहिदचोकमा आयोजित बिरोधसभामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख एवं दलित संगठनका सल्लाहकार सीता सुन्दास, नेकपा जिल्ला सदस्य विश्व पौडेल, नगर सभापति अमृत नेपाली, अभियान सदस्य सोमबहादुर नेपाली, जीवन नेपाली, बुद्धि परियार, जीवन परियार लगायतले जातिय विभेदको निम्ति सम्पुर्ण उत्पीडीत दलित एक हुन र रुकुम घटनाको सत्य तथ्यको छानविन गरीदोषि लाई कडा भन्दा कडा कारबाही गर्नु पर्नेमा जोड दिए ।

.

Facebook Comments Box
TOP