पाकिस्तानको कराचीमा चालकदलसहित ९८ जना यात्रु सवार विमान दुर्घटना
इस्लामाबाद : पाकिस्तानको कराची नजिकै रहेको एउटा आवासीय क्षेत्रमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ ।
जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको मोडेल कोलोनीमा ९० जना यात्रु र ८ जना चालकदलका सदस्य रहेको विमान दुर्घटनामा परेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
पीआईएका प्रवक्ता अब्दुल्ला हफीजका अनुसार उक्त विमान लाहोरबाट कराची आउँदै थियो । उनले दुर्घटनाबाट के कति क्षति भयो भन्नेबारेमा जानकारी आइनसकेको बताएका छन् ।
तर पाकिस्तानी सेनाका प्रमुख जनरल कमार जावेद बाज्वाले भने ‘महत्वपूर्ण जीवनहरु गुमेको’ भन्दै समवेदना दिएका छन् । उक्त विमान लाहोरबाट कराँचीका लागि आएको थियो । अहिले घटनास्थलमा उद्धारकर्ता पुगेका छन् । उद्धारकर्ताहरुले स्थानीयलाई सुरक्षित स्थानतर्फ ल्याइरहेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।
त्यहाँको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कराँचीका सबै अस्पतालहरुमा इमरजेन्सी घोषणा गरेको छ ।
दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन ।ईकान्तीपुर डटकमबाट
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


