जिल्ला अस्पताल स्याङजा : शल्यक्रिया गराएर बच्चा जन्माउने बढे
भवानी अधिकारी/स्याङ्जा : जिल्ला अस्पताल स्याङजाले उपलब्ध गराएको जटिल प्रसूति सेवा (शल्यक्रिया) बाट जिल्लाबासी धेरै लाभान्वित भएका छन् । कोरोना भाइरस संक्रमण र लकडाउनका कारण घर र जिल्ला बाहिर जान सहज नभएका बेला जिल्लामै पाएको सुविधाबाट गर्भवती महिला तथा उनका परिवार प्रत्यक्ष लाभान्वित भएका हुन् । अस्पतालमा नर्मल प्रसूति सेवा पनि उपलब्ध छ ।
पुतलीबजार नगरपालिका ३ स्थित अस्पतालमा लकडाउनपछि २४ वटा शल्यक्रियाबाट शिशु जन्मेका छन् । अन्य महिनाको तुलनामा लकडाउनका अवधिमा यो संख्या झण्डै दोब्बर हो ।
लकडाउनभन्दा अघिल्ला ८ महिनामा ६० वटा शल्यक्रिया भएकोमा लकडाउनपछिका झण्ड २ महिनामा २४ वटा शल्यक्रिया भएको अस्पतालले जनाएको छ । पुतलीबजार नगरपालिका ११ का २५ वर्षीया बिनिता शर्माले वैशाख १५ गते शल्यक्रियाबाट जुम्ल्याहा बच्चा जन्माइन् । भीरकोट नगरपालिका ६ का २४ वर्षीया योजना थापा पनि शल्यक्रियाबाट शिशुको जन्म भयो । शल्यक्रियापछि उनलाई रगत चाहियो । त्यो समेत अस्पतालले व्यवस्था गरिदिएपछि उनको ज्यान बचायो ।
यसैगरी, वालिङ नगरपालिका ३ का २४ वर्षीया मिना गुरुङको ४ किलो एक सय ग्रामको तौल भएको शिशु भएका कारण शल्यक्रियाबाटै निकालियो। उनलाई वालिङबाट रिफर गरिएको थियो । जुम्ल्याहा शिशु, रगतको अभाव र शिशुको तौल बढीजस्ता जटिल केस आएपछि शल्यक्रिया गर्नुपर्ने अवस्था आउने अस्पतालले जनाएको छ।
.

साउन यता ८४ वटा शल्यक्रिया विधिबाट बच्चा जन्मे भने लकडाउनपछि २४ वटा पुगेको अस्पताल प्रमुख डा. शुशिल मरासीनीले जानकारी दिनुभयाे । उहाँका अनुसार चैतमा ४, वैशाखमा १५ र जेठमा ५ वटा शल्यक्रिया विधिबाट सुत्केरी गराइएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट समेत रहेको डा. मरासीनीले भन्नुभयाे, ‘यहाँ आउने बिरामीलाई रिफर गर्नु परेको छैन , सर्जन डा. नारायण गोदारको विशेषज्ञताले सुत्केरी गराउने काममा सफलता मिलेको छ । अहिलेसम्म कुनै किसिमको गुनासो सुन्न परेको छैन।
सर्जन डा. गोदारसहितको नेतृत्वमा डा. सुनिल ढुंगाना, डा. सचिन रानाभाट, डा प्रतिक गैह्रे, डा. प्राञ्जल रोकाया, डा. शाशिष बस्ताकोटी, अनेष्टेटिष्ट अनिल यादव, नर्सहरु अप्सरा भण्डारी, गीता न्यौपाने, मुना रेग्मीलगायतको समूहले शल्यक्रिया गर्दै आएका छन् ।
एउटा शल्यक्रियमा विशेषज्ञदेखि सहयोगीसम्म ५र६ जना आवश्यक पर्ने गरेको बताइएको छ । अस्पतालमा नर्मल सुत्केरी हुनेलाई २४ घण्टापछि घर पठाउने गरेको छ । शल्यक्रिया गरेका सुत्केरीलाई ३ देखि ५ दिनसम्म राख्ने गरिएको छ ।
सुत्केरीका लागि खाना, बस्न, उपचार निशुल्क हुन्छ भने ४ पटक नियमित जाँच गराउनेले ८ सय रुपैयाँ थप दिने व्यवस्था छ। सुत्केरीका लागि अस्पताल आउने र घर फर्कने सवारी भाडा गरी जनही २ हजार रुपैयाँ पनि दिने गरेको अस्पताल प्रमुख डा. मरासीनीको भनाइ छ । मातृशिशु मत्युदर घटाउन शल्यक्रियामार्फत प्रसूति सेवाले महत्वपूर्ण भूमिका खेल्ने पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीले जानकारी दिनुभयाे ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


