उत्पादन गर्नुहोस् बजारको जिम्मा नगरपालिकाले लिन्छ : प्रमुख खाँण (भिडियो)

वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले नगरवासीलाई उत्पादनमा जोड दिन आग्रह गर्न भएको छ । उहाँले भन्नुभयो, तपाईहरु उत्पादन तर्फ लाग्नुहोस् हामी बजारको जिम्मा लिन्छौं । वालिङ ३ मा सञ्चालन भएको कल्चरल तथा स्थानीय ड्रेस उत्पादन सम्वन्धी तालिमको समापन गर्दै प्रमुख खाँणले भन्नुभयो, सीपको सही पदुयोगबाट नै आर्थिक बिकास सम्भव छ ।
स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको बताउदै नगर प्रमुख खाँणले भन्नुभयो, नगर भित्र कहाँ के गर्दा ठीक हुन्छ हामी त्यही काम र उत्पादनलाई प्राथमिकता दिनेछौं । उहाँले थप्नु भयो, अहिलेको बिषम परिस्थितिले पनि आफ्नै ठाँउमा केही गर्नु पर्छ भन्ने देखाएको छ ।

.


कुनै उत्पादनमुलक काम गर्ने क्रममा पैसाको आवश्यक्ता परे नगरपालिका जमानी बसेर ऋण उपलव्ध गराउन शुरु गरिसकिएको उहाँले जानकारी गराउनु भयो ।
स्थानीय तथा कल्चरल ड्रेसको उत्पादनले आम्दानी बढ्नुका साथै धर्म संस्कार र संस्कृतिको संरक्षण पनि हुने प्रमुख खाँणको भनाई छ ।
उहाँले दीर्घकालिन रुपमा नगरका सबै खाले उत्पादनको बजारको व्यवस्थापन गर्ने गरी काम भईरहेको जानकारी गराउनु भयो ।
सो अवसरमा बोल्दै दियालो संस्थाका अध्यक्ष कबिता तिवारीले नगरवासीको आर्थिक उपार्जन हुने गरी आफूहरुले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले बिभिन्न प्रकृतिका तालिम तथा सहयोग उपलव्ध गराई नगरवासीलाई उत्पादन तर्फ जोड दिन संस्थाले बिशेष पहल गरिरहेको स्पष्ट पार्नु भयो ।
अध्यक्ष तिवारीले भन्नुभयो, फरक फरक प्रकृतिका सहकारी मार्फत उत्पादन बढाउने तर्फ संस्थाको ध्यान छ ।

.


वालिङ नगरपालिका,गरिवसँग बिश्वेश्वर कार्यक्रम, युएनडिपी नेपाल र दियालो संस्थाको साझेदारीमा तालिम सञ्चालन गरिएको हो ।“सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत दुई महिने कल्चरल ड्रेस उत्पादन तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष सुक बहादुर गुरुङ, दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे, वडा सचिव राजेन्द्र पौडेल,प्रशिक्षक बिना पुन, सहभागी निरमा गुरुङ लगायतले बोलेका थिए ।
कोरोना रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण तालिम समापन गर्न रोकिएको थियो ।

.


Facebook Comments Box
TOP