स्याङ्जामा पत्रकार काफ्लले दिए कोरोना परिक्षणका लागी आरडिटि किट
कला राना/स्याङ्जा :
स्याङ्जाका एक पत्रकारले कोरोना परिक्षणका लागी आरडिटि किट सहयोग गर्नुभएको छ । नेपालमा समेत पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको र कोरोना परिक्षण किट अभाव भईरहेका अवस्थामा नेपाल पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष अर्जुन काफल्लेले बुधबार जिल्ला प्रशासन कार्यालयमा २० थान आरडिटि किट सहयोग गर्नुभएको छ । स्याङ्जामा आरडिटि किट अभाव हुँदा क्वारेन्टाईनमा रहेकाहरुलाई समेत कोरोना परिक्षण नगरिकन घर पठाईरहेको अवस्थामा पत्रकार काफ्लेले जिल्ला विपत व्यवस्थापन कोषलाई आरडिटि किट सहयोग गर्नुभएको हो । गोरखा पत्र दैनिकका जिल्ला संवादाता समेत रहनुभएको पत्रकार काफ्लेले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङलाई उक्त किट हस्तान्तरण गर्नुभएको छ ।
पत्रकारहरु कोरोना रिपोटिङका क्रममा प्रत्येक दिन अग्रपंत्तीमा रहेर काम गरिरहेको भन्दै पत्रकारलाई नै राहतको व्यवस्था गरिनुपर्ने माग आईरहेका बेला पत्रकार काफ्लेले आँफै किट सहयोग गर्नुभएको छ । काफ्ले भन्नुहुन्छ, ‘पत्रकारको पेशा एकातिर छ तर अर्कोतिर देश संकटमा रहेका बेला हरेक नागरिकले आ–आफ्नो स्थानबाट जे योगदान दिन सकिन्छ त्यही गर्नुपर्छ । त्यसैले मैले किट सहयोग गरेँ ।’ यसअघि पत्रकार काफ्लेले अर्जुनचौपारीको विपत व्यवस्थापन कोषमा १० हजार समेत सहयोग गर्नुभएको थियो । जिल्लामा किट अभाव हुँदा यहाँका पालिकाहरुले आफ्नै खर्चमा किट खदिर गरिरहेका बेला जिल्ला विपत कोषमा काफ्लेले गर्नुभएको किट सहयोग निकै महत्वपुर्ण रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


