कोरोनाले अवरुद्ध गराएको हाट बजार सञ्चालनमा,भीरकोटले नै कृषि उपज खरिदबिक्री गरिदिने


चुत्र महत/भीरकोट :
कोरोना कोभिड १९ का अवरुद्ध रहेको भीरकोटको साप्ताहिक हाट वजार सामाजिक दुरी कायम गर्दै सञ्चालनमा ल्याईएको छ । गाउँ गाउँमा उत्पादन भएका कृषि उपजलाई सहजरुपमा बजार सम्म पुर्याउने उद्येश्यले पुन हाट बजार सञ्चालनमा ल्याईएको भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले जानकारी दिनुभयो ।

कोभिड १९ का कारण झण्डै ३ महिना अवरुद्ध रहेको बजार सञ्चालनमा आए पछि कृषक मात्रै होईन वजारमा रहेका उपभोक्ता पनि खुसी भएकाछन् । गाउँगाउमा उत्पादन भईरहेको तर बजार नपाएको गनुाशो बढेपछि हाट बजार सञ्चालनमा ल्याइएको प्रमुख खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, गाउँगाउँमा उत्पादन बढिरहेको तर बजारका उपभोक्ताले नपाएको गुनाशो आएपछि बजार संकलन ल्याएका हौं ।

.

हाटबजार दैनिक विहान ९ देखि साँझ ४ बजेसम्म सञ्चालनमा आउनेछ तर खरिद बिक्रि भने मध्यान्ह १२ वजेपछि मात्र हुने नगरपालिकाले जनाएको छ ।

कृषकको उत्पादन नगरपालिकाले खरिद गर्ने र होलसेल मुल्यको २ प्रतिशत राखेर नगरपालिकाले नै उपभोक्तालाई विक्रि वितरण गर्ने उपप्रमुख सिमा केसी कर्माचार्यले जानकारी दिनभयो ।
कृषकले आफ्ना उपजहरु विहान १२ बजे अगावै हाटबजारमा ल्याउनुपर्ने र नगरपालिकाले चलेको होलसेल भाउमा किनेर हाटबजारमा बेच्ने उप प्रमुख कर्माचार्यल बताउनु भयो ।
नगरपालिकाले नै कृषि उपज खरिद गरिदिने भए पछि आफूहरु निक्कै उत्साहित भएको कृषक बिक्रम केसीले बताउनु भयो ।

.

हाट वजारमा दैनिक २ जना कर्मचारीले फलफुल तथा तरकारी किन वेच गर्ने व्यवस्था मिलाई हाट वजारलाई व्यवस्थीत गरीएको भन्दै अहिले हाट वजारमा काक्रा,घिरौला,लौका,करेला,फर्सीहरु प्रसस्त मात्रामा रहेको भीरकोट नगरपालिका कृषी संयोजक तथा नगर प्रवत्ता दिपेन्द्र केसीले वताउनु भयो ।

पछिल्लो समय भीरकोटका जनताहरु आफ्नो वाँझो रहेका खेतियोग्य जग्गालाई उपयोग गर्न थालेको वडा नम्वर ५ का अध्यक्ष याम प्रसाद अधिकारी लक्षमणले जानकारी दिनुभयो । उहाँले बाँझो खेतियोग्य जमिनमा ब्लक एरिया मार्फत माटो सुहाँउदो आलू, मकै, धान खेति गर्ने निर्णय नगरले गरेपछि नगरवासी उत्साहित भएको बताउनु भयो ।

.

Facebook Comments Box
TOP