नेता गोपालमान श्रेष्ठद्धारा चापाकोटलाई सेनीटाइजर र मास्क प्रदान


भवानी अधिकारी/ स्याङजा :
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले चापाकोट नगरपालिकालाई दुई कार्टुन सेनीटाइजर र मास्क उपलब्ध गराउनुभएको छ ।
कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि सहयोग गर्ने उदेश्यले कांग्रेस नेता श्रेष्ठले एक कार्टुन (एन. नाइन्टी फाइभ) मास्क र एक कार्टुन सेनीटाइजर उपलब्ध गराउनुभएको जानकारी दिनुभयो ।
नेता श्रेष्ठले उपलब्ध गराउनुभएका ती स्वास्थ्य सामाग्री नेपाली कांग्रेस चापाकोट नगर सभापति रामचन्द्र पंगेनीले नगर प्रमुख शिवकुमार गिरीलाई बिहीवार हस्तान्तरण गर्दे बर्तमान अवस्थामा मास्क र सेनीटाइजरको प्रयोग आवश्यकता बढी भएकोमा जोड दिनुभयो ।
ती सामाग्री ग्रहण गर्दे प्रमुख गिरीले केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री श्रेष्ठलाई धन्यवाद दिदै स्वास्थ्य सामाग्री आवश्यकता अनुरुपको उपयोगमा खर्चिने बताउनुभयो ।

.

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP