स्याङ्जा : किटको अभावमा क्वारेन्टाइनमा बसेकाहरुलाई परिक्षण नगरी घर पठाईयो

आँधीखोला खबर/स्याङ्जा :
कोरोना भाईरस परिक्षणका लागि किटको अभाव भएपछि क्वारेन्टाईनमा बसेकाहरुलाई त्यसै घर पठाईएको छ । स्याङ्जाको गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका ८१ जना मध्ये ४६ जनाको मात्रै परिक्षण गरिएको हो भने अन्यलाई बिना परिक्षण घरमा पठाईएको छ ।
गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले किटको समस्या भएकाले ४६ जनाको मात्रै ¥यान्डम्ली टेस्ट गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय स्याङ्जामा नै आरडिटी किटको अभाव भए पछि परिवारको एकजना र संकास्पद लागेकाहरुको मात्रै परिक्षण गरिएको उहाँले बताउनु भयो । उहाँले टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको र कसैमा पनि समस्या नभएको जानकारी दिनुभयो ।
बारा जिल्लाको डाबर नेपाल कम्पनीमा कार्यरत रही जिल्लामा आएका ७९ जना र बुटवलबाट आएका अरु दुई जना गरी ८१ जनालाई घर पठाईएको हो । उनीहरु सबै १४ दिन अगाडि गल्याङमा आएका थिए ।
उनीहरु सबैलाई गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले बिदाई गर्नु भएको हो । बिदाई गर्दै प्रमुख अधिकारीले आगामी दिनमा सतर्कताका साथ घरमा नै बस्न सवैलाई आग्रह गर्नुभयो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…