डेङ्गु नियन्त्रणका लागि वालिङमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान

तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाले डेङ्गु रोग नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अर्थात् खोजी र नष्ट गर्ने अभियान थालेको छ ।
वालिङ नगरपालिकामा एकजना डेङ्गुका विरामी भेटिएसँगै अन्यलाई फैलन नदिन साथै यसको नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान थालेको हो ।
वालिङ नगरपालिकाले वालिङस्थित विभिन्न संघसंस्था तथा क्लबहरुको सहयोगमा नगरभित्र डेङ्गु सार्ने माध्यमकोरुपमा रहेको लामखुट्टे बढ्न नदिने, लामुखट्टेको बासस्थान रहन सक्ने संभावित ठाउँहरुको खोजी गरी कीटनाशक औषधिको प्रयोग गरी मार्ने कार्य थालेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“वालिङमा डेङ्गुका विरामी भेटिएपछि अरुमा फैलन नदिनका लागि लामखुट्टेको बासस्थान रहने ठाउँहरु जस्तै पानी जमेको ठाउँहरु, गाडीका टायरहरु, गमलाहरुको सरसफाईमा विशेष ध्यान दिएका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “नगरका विभिन्न ग्यारेजहरु तथा पानी जमेका ठाउँहरुमा कीटनाशक औषधि छरेका छौं भने सचेतनास्वरुप माईकिङलाई टोल टोलमा पु¥याएका छौं ।”
लामखुट्टेको टोकाईबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरी पानी जम्न नदिई सरसफाई राख्न पनि नगर प्रमुख खाँणले आग्रह गर्नुभयो ।
वालिङमा एकजनामा डेङ्गु रोग देखिएपनि अन्यमा भने अहिलेसम्म नदेखिएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
कोरोना भाईरसको महामारीका कारण अहिले लकडाउनको अवस्थामा सामाजिक दूरी कायम राख्दै विशेषगरी बजार क्षेत्रमा रहेका ग्यारेजहरु, पानी जमेका सडकका खाल्टाखुल्टीमा कीटनाशक औषधि छर्कनुकासाथै डेङ्गु रोगकाबारेमा जानकारी दिने उद्देश्यले माईकिङसमेत गरिएको शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
डेङ्गु भाईरसद्वारा संक्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ ।
एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु, शरीरमा विविराहरु आउनु, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षणहरु देखिएमा डेङ्गु रोगको संक्रमण हुन सक्ने भएकाले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नहुन स्वास्थ्य शाखा प्रमुख पाण्डेले आग्रह गर्नुभयो । (तस्वीर-फाईल)
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…