नेपालमा थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०२ पुग्यो
काठमाडौं : नेपालमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लामा गरी २७ कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो।
यो सहित नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। उनीहरु २७ देखि ४२ वर्षका रहेको डा देवकोटाले जानकारी दिए। ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन्।
उनका अनुसार आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन्।
नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ३७ जना उपचारपछि निको भएका छन्।
डा देवकोटाका अनुसार झापाका १ जना संक्रमित आज डिस्चार्ज भएका हुन्। उनी विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत थिए।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


