स्याङजामा आरडिटीमा पोजेटिभ दखिएका एक जना सहित १६ जनाको स्वाव संकलन

आँधीखोला खबर/स्याङजा :
स्याङजामा आरडिटीमा पोजेटिभ दखिएका एक जना सहित १६ जनाको स्वाव संकलन गरी कोरोना पिसिआर परिक्षणका लागि पोखरा पठाईएको छ ।
बुधवार भारतबाट आएका एक जनामा आरडिटी पोजेटिभ भेटिएको थियो । भारतबाट आएको ११ जनाको टोली मध्ये गल्याङ ८ का एक पुरुषमा र्यापिड डाईगोन्सिटक टेस्ट पोजेटिभ आएको हो । उनीहरु सबैलाई गल्याङ कै क्वारेन्टीनमा राखिएको छ । पोजेटिभ देखिएका व्यक्तिको आज पिसिआर परिक्षणका लागि स्वाव संकलन गरी पोखरा पठाईएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यस्तै वालिङ नगरपालिकाको क्वारेन्टाईनमा भारतबाट आई बसेका ६ जना र भीरकोटको क्वारेन्टाईनमा बसेका ९ जना गरी १६ जनाको स्वाव संकलन गरी पठाईएको प्रमुख शर्माले जानकारी दिनुभयो । आरडिटी पोजेटिभ आएका व्यक्ति सहित सबैको पिसिआर रिपोर्ट भने आउन बाँकी छ ।
स्याङजामा संकास्पद व्यक्तिहरुको स्वाव संकलन गर्ने क्रमलाई तिव्र पारिएको भन्दै शर्माले भन्नुभयो, ‘जिल्ला भित्र पिसीआर बिधीबाट स्वाव संक्लन गर्न भिटीएम पर्याप्त छ तर पाखरा स्थित प्रयोगशालामा गण्डकी प्रदेश भरीको चाप बढी हुने भएकोले दैनीक १० देखी १५ जनाको स्वाव संकलन गर्न सकिने छ । ’
यता वालिङमा पनि भारतबाट आई क्वारेन्टाईनमा बसेका व्यक्तिहरु भएकाले उच्च सतर्कता अपनाईएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो । भारतबाट आएका सबैजना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेका र उनीहरुमा कुनै समस्या नरहेको प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
प्रदेश नं ५ बाट लुकीछीपी जिल्ला प्रबेश गर्न सक्ने समस्यालाइ मध्यनजर गर्दै कालिगण्डकीको झलुङ्गे पुल र राम्दी पुलमा कडाई गरीएको जिल्ला प्रशासन कार्यालय स्याङजाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…