नेपालमा एकै दिन कोरोना भाइरसका १० संक्रमित थपिए, जम्मा विरामी पुगे ६९

काठमाडौं : नेपालमा आज १० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा जानकारी दिँदै प्रवक्ता डा विकास देवकोटाले नेपालगञ्जमा ९ तथा पर्साका ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको बताए । नेपालगञ्जमा ७ देखि ५८ वर्षका ५ पुरुष र ४ महिला गरी ९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
डा देवकोटाले अहिलेसम्म १३ हजार ४ सय १४ पीसीआर र ४९ हजार ६ सय ८८ आरडीटी परीक्षण गरिएको बताए । २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएका छन् ।
२१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश ५ मा १० हजार ६ सय ६७ जना बसेका छन् । ७७ जना आइसोलेसनमा रहेका छन् भने ३ सय १९ जना रेडजोनमा छन् ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…