नेपालमा एकै दिन कोरोना भाइरसका १० संक्रमित थपिए, जम्मा विरामी पुगे ६९
काठमाडौं : नेपालमा आज १० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा जानकारी दिँदै प्रवक्ता डा विकास देवकोटाले नेपालगञ्जमा ९ तथा पर्साका ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको बताए । नेपालगञ्जमा ७ देखि ५८ वर्षका ५ पुरुष र ४ महिला गरी ९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
डा देवकोटाले अहिलेसम्म १३ हजार ४ सय १४ पीसीआर र ४९ हजार ६ सय ८८ आरडीटी परीक्षण गरिएको बताए । २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएका छन् ।
२१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश ५ मा १० हजार ६ सय ६७ जना बसेका छन् । ७७ जना आइसोलेसनमा रहेका छन् भने ३ सय १९ जना रेडजोनमा छन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


