बिहानै थपिए ७२ जना संक्रमित, नेपालमा ६७५ पुग्यो ।
आज बिहान थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सोमबार पुष्टि भएका संक्रमित धनुषाको नगराइन, कामाडौंको टोखा र बुढानिलकण्ठ, बाराको कलैया, रौतहटको राजपसर फरहदवा र इशानाथ, सप्तरीको डाक्नेश्वरी, बर्दियाको वासगढी, बाँकेको दुधवा र साप्ती सोनारी, बाराको गढिमाई, दैलेखको नारायण ढुंगेश्वर, र गुराँस गाउँपालिकाका रहेको मन्त्रालयले जनाएको छ। संक्रमित ७२ मध्ये दैलेखकी एक महिलाबाहेक सबै पुरुष हुन्।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


