आज ५९ जना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ५१६

आज नेपालमा ५९ जना संक्रमित थपिएका छन् यो सँगै कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप नौ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले शुक्रवार साँझ एक विज्ञप्ति जारी गरेर कोरोना संक्रमितको संख्यामा ९ थपिएको जानकारी दिएका छन् । 

डाक्टर अधिकारीले दिएको जानकारीअनुसार हेटौंडा र भक्तपुरका ५४ र ४२ वर्षीया महिला, सप्तरीका ३५ वर्षीय पुरुष, बारा सीमरनगढ नगरपालिकाका ६ जना पुरुषमा संक्रमण पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ सय १६ पुगेको छ । 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP