बिहानै थपिए ३० जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो ।

काठमाडौं : नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रवार बिहान ९ बजे सार्वजनिक गरेको तथ्याङ्कमा थप ३० जनामा कोरोना पोजेटीभ देखिएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४ सय ८७ पुगेको छ।

संक्रमित हुनेहरुमा सर्लाहीका १५ जना छन् भने कपिलवस्तुका ९ जना छन्।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) त्रिवेणी गाउँपालिकाका १ जना,  चितवनको ‍भरतपुर महानगरपालिकाका २ जना, नवलपरासी सुस्ता गाउँपालिका र रामग्रामका ३ जना छन्।

त्यसैगरी कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका ९ जना संक्रमित छन्। सर्लाही गोडैता नगरपालिकाका ५ जना, रामनगर बहुअर्वा गाउँपालिका ७ का १५ जना रहेका छन्।

Facebook Comments Box
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…

TOP