बिहानै थपिए ३० जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो ।

काठमाडौं : नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रवार बिहान ९ बजे सार्वजनिक गरेको तथ्याङ्कमा थप ३० जनामा कोरोना पोजेटीभ देखिएको हो।
यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४ सय ८७ पुगेको छ।
संक्रमित हुनेहरुमा सर्लाहीका १५ जना छन् भने कपिलवस्तुका ९ जना छन्।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) त्रिवेणी गाउँपालिकाका १ जना, चितवनको भरतपुर महानगरपालिकाका २ जना, नवलपरासी सुस्ता गाउँपालिका र रामग्रामका ३ जना छन्।
त्यसैगरी कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका ९ जना संक्रमित छन्। सर्लाही गोडैता नगरपालिकाका ५ जना, रामनगर बहुअर्वा गाउँपालिका ७ का १५ जना रहेका छन्।

समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…