एकैदिन ६२ जनामा कोरोना संक्रमण ,नेपालमा संक्रमितको संख्या ३५७
काठमाडौं : नेपालमा एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार गुल्मी पनि नयाँ कोरोना संक्रमित फेला परेका छन् । भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालका ३१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङकै एक जना पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनबाहेक सोमबार बिहान मन्त्रालयले ९ जनामा कोरोना संक्रमण पुष्टि भएको पत्रकार सम्मेमलनमार्फत जानकारी दिएको थियो ।
बिहान संक्रमण पुष्टि भएका रौतहट ८ र बारा जिल्लाका १ जना रहेका छन् ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


