एकैदिन ६२ जनामा कोरोना संक्रमण ,नेपालमा संक्रमितको संख्या ३५७

काठमाडौं : नेपालमा एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार गुल्मी पनि नयाँ कोरोना संक्रमित फेला परेका छन् । भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालका ३१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङकै एक जना पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनबाहेक सोमबार बिहान मन्त्रालयले ९ जनामा कोरोना संक्रमण पुष्टि भएको पत्रकार सम्मेमलनमार्फत जानकारी दिएको थियो ।
बिहान संक्रमण पुष्टि भएका रौतहट ८ र बारा जिल्लाका १ जना रहेका छन् ।
समाचार
थप सामाग्री
रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको १६औँ साधारण सभा
३ दिन अगाडि
वालिङ: रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दिको १६औँ साधारण शनिबार सम्पन्न भएको छ । पतञ्जली योग…