काेराेना अपडेट : चीनलाई भारतले उछिन्यो, बिश्वमा मृतकको संख्या बढेको बढ्यै

काठमाण्डौ : कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ८ हजार ६ सय नाघेको छ । बिश्वमा संक्रमितकाे संख्या ४६ लाख २८ हजार भन्दा धेरै पुगेकाे छ ।

कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ । दाेस्राेमा स्पेन र तस्राेमा रसिया रहेकाे छ । रसियामा संक्रमणकाे दर निक्कै बढेकाे छ ।

छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या २ हजार ७ सय ५३ जना पुगिसकेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १०४ जनाको मृत्यु भयो । भारतमा संक्रमितको संख्या ८५ हजार ९ सय नाघेको छ । यो संंख्या चीनको भन्दा धेेरैै हो । चीनमा ८२ हजार ९ सय संक्रमित छन् ।

.

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP