थप पाँच जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या दुई सय ५० पुग्यो

आज पाँच जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५० पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप नयाँ पाच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषा, जनकपुर र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीय महिला, महोतरी, जलेश्वर र बलवा नगरपालिकाका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
उनीहरु चिकित्सकको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । यसअघि आज नै दुईजनामा कोरोना संक्रमण देखिएको थियो ।
आज बिहान कपिलवस्तु र काठमाडौंमा एक- एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै हिजो साँझ २४ जना संक्रमित थपिएका थिए । उनीहरु मध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका तीन र नवलपरासीका एक जना रहेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र बुटवलमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना भाइरस पुष्टि भएको थियो ।
हिजो बिहान पर्सा र बाँकेमा एक एक जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म संक्रमित मध्ये ३५ जना निको भइसकेका छन् ।
यसैबीच कोरोनाका संक्रमितहरु बढीरहेकाले अवस्था भने सामान्य नरहेको मन्त्रालयले जनाएको छ ।

समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…